images
images

हिमालयन सेक्युरिटिजले सुरु गर्यो कारोबार, चुक्तापुँजी ६० करोड रुपैयाँ

हिमालयन सेक्युरिटिजले सुरु गर्यो कारोबार, चुक्तापुँजी ६० करोड रुपैयाँ

आइतवार, बैशाख १६ २०८१
आइतवार, बैशाख १६ २०८१
  • images
    images
    हिमालयन सेक्युरिटिजले सुरु गर्यो कारोबार, चुक्तापुँजी ६० करोड रुपैयाँ

    काठमाडौँ / हिमालयन बैङ्क लिमिटेडको पूर्ण स्वमित्वमा स्थापित हिमालयन सेक्युरिटिज लिमिटेडको बिहीबारदेखि व्यवसायिक कारोबार सुरु गरेको छ । धितोपत्र दलालको रूपमा ग्राहकहरूलाई उच्चस्तरिय ब्रोकरेज तथा सम्बद्घ सेवाहरू प्रदान गर्ने लक्ष्य राखेकोे कम्पनीले व्यवसायिक कारोबार सुरु गरेको हो । कम्पनीको कुल चुक्तापुँजी ६० करोड रुपैयाँ रहेको छ । 

    images
    images

    पूर्ण कार्य गर्ने धितोपत्र दलालको रुपमा नेपाल धितोपत्र बोर्डबाट वि.सं. २०८० भाद्र ६ गते स्वीकृति प्राप्त गरको हिमालयन सेक्युरिटिज लिमिटेडले वि.सं. २०८० माघ ०३ मा नेपाल स्टक एक्स्चेन्जबाट सदस्यता प्राप्त गरेको थियो ।

    ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्घताका साथ कारोबार सञ्चालनमा ल्याएको कम्पनीले धितोपत्र कारोबारसहित अन्य विशिष्टकृत सेवा प्रदान गर्ने उद्देश्य राखेको छ । 

    कम्पनीले प्रारम्भिक चरणमा ग्राहकहरूलाई धितोपत्र कारोबार सेवा प्रदान गर्ने र निकट भविष्यमा नियामक निकायबाट अनुमति प्राप्त गरि मार्जिन कारोबार (मार्जिन ल्यान्डिङ) तथा अन्य पुँजी बजार सम्बन्धी सेवाहरू प्रदान गर्नेछ ।
     
    वित्तीय क्षेत्रमा लामो समय नेतृत्वदायी भूमिकामा रहेका बौद्घिक व्यक्तित्वहरुको सञ्चालक समितिबाट निर्देशित हिमालयन सेक्युरिटिजले आफ्ना ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै धितोपत्र दलाल सेवाको लागि प्राथमिक सेवा प्रदायक बन्ने लक्ष्य राखेको छ । 

    कम्पनीले हाल सिटिसि मल, सुन्धारामा रहेको कार्यालयबाट आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार