images
images

सिद्धार्थ बैङ्क र आइएफसीबिच क्षमता अभिवृद्धि गर्न सम्झौता

सिद्धार्थ बैङ्क र आइएफसीबिच क्षमता अभिवृद्धि गर्न सम्झौता

बिहिवार, चैत १५ २०८०
बिहिवार, चैत १५ २०८०
  • सिद्धार्थ बैङ्क र आइएफसीबिच क्षमता अभिवृद्धि गर्न सम्झौता

    काठमाडौँ / सिद्धार्थ बैङ्क लिमिटेड र आइएफसी (इन्टरनेसनल फाइनान्स कर्पोरेसन) बिच जोखिम व्यवस्थापन, लैङ्गिक, डिजिटल तथा जलवायु वित्त क्षेत्रहरूमा क्षमता अभिवृद्धि गर्नेसम्बन्धी सम्झौता भएका छ । 

    images
    images

    बैङ्कले ‘डिजिटल फर्स्ट’अभ्यास अपनाइ सुशासन पक्षहरूमा केन्द्रित हुँदै दिगो विकासलाई सधैँ प्राथमिकतामा राखेर आफ्ना समग्र रणनीतिहरू वातावरणमैत्री एवं समाज केन्द्रित बनाउँदै आएको छ । 

    उक्त सम्झौताले उल्लेखित क्षेत्रहरूमा बैङ्कको क्षमता अभिवृद्धि तथा अन्तर्राष्ट्रिय असल अभ्यास अनुसरण गरी बैङ्कलाई अझ बढी सुदृढ एवं सवल बनाई आफ्ना लक्ष्यहरू हासिल गर्न थप टेवा पुग्ने विश्वास लिएको छ ।

    आइएफसीको ग्लोबल ट्रेड फाइनान्स कार्यक्रमको सदस्य पनि रहेको यस सिद्धार्थ बैङ्कले आइएफसीद्वारा आयोजित १०औँ ग्लोबल ट्रेड अवार्डमा ‘बेस्ट अप्रेसन बैङ्क इन साउथ एशिया २०२१’ अवार्डबाट पनि सम्मानित भएको थियो ।

    त्यसैगरी केही समयअघि मात्र पनि सिद्धार्थ बैङ्क र आइएफसीबीच नेपालका लघु, साना तथा मझौला उद्यमीहरूको व्यवसायमा र जलवायु वित्त पोषणमा लगानी गर्ने सम्झौता भइसकेको छ । 

    सोअन्तर्गत आइएफसीले बैङ्कलाई ५ करोड ५० लाख अमेरिकी डलर ऋण पनि प्रदान गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार