images
images

पूर्वी क्षेत्रमा प्रि-मनसुन सक्रिय, कहिलेदेखि होला मौसममा सुधार ?

पूर्वी क्षेत्रमा प्रि-मनसुन सक्रिय, कहिलेदेखि होला मौसममा सुधार ?

शुक्रवार, चैत १६ २०८०
शुक्रवार, चैत १६ २०८०
  • पूर्वी क्षेत्रमा प्रि-मनसुन सक्रिय, कहिलेदेखि होला मौसममा सुधार ?

    काठमाडौँ / केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि शनिबारसम्म जारी नै रहने र आइतबारदेखि क्रमशः सुधार हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । न्यून चापीय वायुको प्रभाव आइतबारदेखि कमजोर भई मौसममा सुधार हुने महाशाखाको पूर्वानुमान छ । 

    images
    images

    महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले स्थानीय वायुको प्रभाव, नेपाल नजिकै रहेको न्यून चापीय वायुको प्रभाव, बङ्गालको खाडीबाट आएको वाफयुक्त वायु नेपालतिर आएका कारण विशेष गरी मुलुकको पूर्वी क्षेत्रमा प्रि-मनसुन सक्रिय भएको बताए । 

    “हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ”, उनले भने, “भोलिसम्म मौसम बदली भइरहन्छ भने आइतबारदेखि  सुधार हुनेछ ।”

    महाशाखाका अनुसार आगापूर्वी क्षेत्रमा प्रि-मनसुन सक्रिय, कहिलेदेखि होला मौसममा सुधार ? मी २४ घण्टामा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

    देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना भएकाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार