images
images

एक करोड ८० लाख लागतमा बन्ने भयो वीरगञ्ज–रक्सौल जोड्ने तीन सय मिटर सडक

एक करोड ८० लाख लागतमा बन्ने भयो वीरगञ्ज–रक्सौल जोड्ने तीन सय मिटर सडक

शनिवार, चैत १७ २०८०
शनिवार, चैत १७ २०८०
  • एक करोड ८० लाख लागतमा बन्ने भयो वीरगञ्ज–रक्सौल जोड्ने तीन सय मिटर सडक

    वीरगञ्ज (पर्सा) / भारतसँग सीमा जोड्ने वीरगन्ज-रक्सौल सडक खण्डअन्तर्गत रजत जयन्ती चोकमा पर्ने जीर्ण सडक निर्माण हुने भएको छ ।

    images
    images

    विगत एक दशकदेखि कालोपत्रे भत्किएर खाल्डाखुल्डी र असरल्ल हुँदा सवारीसाधन आवतजावतमा निकै सास्ती हुँदै आइरहेको थियो । 

    मुलुककै मुख्य व्यापारिक नाका जोड्ने सडक पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने कारणले दुवै मुलुकका सर्वसाधारण र सवारीचालकले हैरानी खेप्दै आइरहेका छन् । 

    व्यापारिक मार्ग विस्तार योजना वीरगञ्ज-पथलैया सडकका योजना प्रमुख राजेशकुमार यादवले वीरगञ्ज–रक्सौल सडकखण्डअन्र्तगत रजत जयन्ती चोकको भत्किएर असरल्ल भएको सडकलाई नयाँ ठेक्का व्यवस्थापन गरेर निर्माण अघि बढाइएको बताए ।

    ‘‘विगत एक दशकदेखि अलपत्र हुँदै आएको रजत जयन्ती चोकको सडक निर्माण गर्नका लागि नयाँ ठेक्का सम्झौता गरेर काम अघि बढिसकेको छ’’, उनले भने, ‘‘यो खण्डको सडक छ महिनाभित्रै निर्माण सक्ने गरी ठेक्का सम्झौता भइसकेको छ । अहिले निर्माण कम्पनी पनि साइटमा खटिसकेका छन् । अब यो ‘क्यान्सर’ जस्तै बनेको खण्डको दीर्घकालीन समाधान हुने आशा गरेका छौँ ।’’ 

    योजना कार्यालय र निर्माण कम्पनी सुवास÷विकास÷राजा जेभीबीच २०८० पुस २१ गते ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौताअनुसार निर्माण कम्पनीले विसं २०८१ को असार २१ गतेभित्रै सडक निर्माण सम्पन्न गर्नुपर्नेछ । यो सडक खण्डको लागत भने रु एक करोड ८० लाख रहेको छ । 

    योजना प्रमुख यादवले निर्माण कम्पनीले तोकिएको समय सीमाभन्दा अगावै निर्माण सम्पन्न गर्ने सम्भावना पनि उच्च भएको दाबी गरे । 

    वीरगञ्जको घण्टाघरदेखि रक्सौल रुटमा इलोक्ट्रोनिक अटोरिक्सा चलाउँदै आइरहेका सन्तोषकुमार साहले रजतजयन्ती चोकमा भत्किएको सडकले निकै सास्ती दिँदै आइरहेको बताउछन् । 

    ‘‘रजत जयन्ती चोकमा भत्किएर खाल्डाखुल्डी भएको सडकले निकै दुःख दिँदै आइरहेको छ’,’ उनले भने, ‘‘सरकारले नियमित मर्मत सम्भार नगर्दा यही खण्डमा दैनिक एक दर्जनभन्दा धेरै अटोरिक्सा दुर्घटनामा पर्दै आएका छन् । अर्कोतर्फ घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने समस्याबाट पनि आजित भइसकेका छौँ ।’’ 

    व्यापारिक मार्ग विस्तार योजना वीरगञ्ज-पथलैया सडकका इञ्जिनीयर अनुपम कुमारले निर्माण कम्पनी उपकरणसहित साइटमा खटिसकेको बताए । 

    ‘‘निर्माण कम्पनीले निर्माण उपकरणसहित साइटमा खटिसकेको छ’’, उनले भने, ‘‘सडकको दुवैतर्फ डाइभर्सन गरेर सडकको मध्ये भागमा काम भइरहेको छ ।’’ 

    इञ्जिनीयर कुमारले यो खण्डको सडकमा मुआब्जा र क्षतिपूर्ति सम्बन्धित कुनै पनि विवाद नरहेको जानकारी दिए । 

    यो खण्डको चौडाइ १४ मिटर अर्थात् चार लेनको सडक कालोपत्रे गरिने जनाइएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार