images
images

पश्चिमी र स्थानीय वायुको प्रभाव : आगामी तीन दिनसम्म यी प्रदेशहरूमा बर्षा, हावाहुरी र हिमपातको सम्भावना

पश्चिमी र स्थानीय वायुको प्रभाव : आगामी तीन दिनसम्म यी प्रदेशहरूमा बर्षा, हावाहुरी र हिमपातको सम्भावना

बुधवार, बैशाख १२ २०८१
बुधवार, बैशाख १२ २०८१
  • पश्चिमी र स्थानीय वायुको प्रभाव : आगामी तीन दिनसम्म यी प्रदेशहरूमा बर्षा, हावाहुरी र हिमपातको सम्भावना

    काठमाडौँ / देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहेको छ। पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। 

    images
    images

    मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपात र लुम्बिनी प्रदेशलगायत देशको तराईका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

    त्यसैगरी बिहीबार देशको पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। 

    देशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना रहेको  छ। लुम्बिनी प्रदेशको केही स्थानहरू साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

    शुक्रबार देशको पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। 

    देशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना रहेको  छ। लुम्बिनी प्रदेशको केही स्थानहरू साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

    बर्षा, हिमपात र हावाहुरीको सम्भावना भएको क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार