images
images

राष्ट्रिय सूचना तथा प्रविधि दिवसका अवसरमा टेलिकमको ‘आइसिटी डे अफर’

राष्ट्रिय सूचना तथा प्रविधि दिवसका अवसरमा टेलिकमको ‘आइसिटी डे अफर’

मंगलवार, बैशाख १८ २०८१
मंगलवार, बैशाख १८ २०८१
  • images
    images
    राष्ट्रिय सूचना तथा प्रविधि दिवसका अवसरमा टेलिकमको ‘आइसिटी डे अफर’

    काठमाडौँ / राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२४ को अवसरमा नेपाल टेलिकमले ‘आइसिटी डे अफर’ उपलब्ध गराउने भएको छ ।

    images
    images

    ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने मूल नारा सहित आगामी बैशाख २० गते मनाउन लागिएको राष्ट्रिय आइसिटी दिवसका अवसरमा कम्पनीले आकर्षक अफर सुरु गरेको हो ।

    वैशाख १९ देखि २१ सम्म लागु हुने यो अफर अन्तर्गत ग्राहकले ४९ रुपैयाँमा एक दिन अवधिको १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस प्याक लिन सक्नेछन् ।

    यसैगरी डाटा प्याकेज अन्तर्गत १११ रुपैयाँमा ५ दिन चलाउन सकिने ६ जीबी डाटा, १९९ रुपैयाँमा ७ दिन चलाउन सकिने १३ जीबी डाटा, २९९ रुपैयाँमा १२ दिन चलाउन सकिने २० जीबी डाटा र ३९९ रुपैयाँमा १५ दिन चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध भएको कम्पनीका प्रवत्ता हरि ढकालले बताए ।

    यसै अफर अन्तर्गत ७८९ रुपैयाँमा ग्राहकले फेस्टिभ कम्बो प्याक समेत लिन सक्ने छन् । 

    प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा उपलब्ध छ ।

    पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध छ । 

    आगामी बैशाख १९ देखि २१ गतेसम्म ग्राहकले एसट्रिक १४१५ एसट्रिक ११ ह्यासट्याग डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकेजहरु खरिद गर्न सक्नेछन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार