images
images

गायनमा सिम्रनको चर्चा : एक हप्तामा १४ गीत रेकर्ड, मेला महोत्सवमा भ्याइ नभ्याई

गायनमा सिम्रनको चर्चा : एक हप्तामा १४ गीत रेकर्ड, मेला महोत्सवमा भ्याइ नभ्याई

बिहिवार, भदौ ७ २०८०
बिहिवार, भदौ ७ २०८०
  • गायनमा सिम्रनको चर्चा : एक हप्तामा १४ गीत रेकर्ड, मेला महोत्सवमा भ्याइ नभ्याई

    बागलुङ / गीतसङ्गीत क्षेत्रमा हालैमात्र एकाएक चर्चामा आएको नाम हो सिम्रन परियार । १८ वर्षीया गायिका परियारले एक हप्तामै १४ गीत मात्रै रेकर्ड गराइनन्, अधिकांश गीतले चर्चा कमाएको छ ।

    images
    images

    मुटुमै घाउ छ’, ‘ए साइँला परेली भित्र’, ‘पानी परेको’ गीत चर्चामा छन् । विद्यामन्दिर माध्यमिक विद्यालयमा कक्षा १२ मा विज्ञान विषयमा अध्ययनरत बागलुङ नगरपालिका–६ तिनतलेकी परियारको स्वरले यतिबेला सबैको ध्यान तानेको छ । 

    “गायनसँगै पढाइलाई निरन्तरता काठमाडौँबाट बागलुङ फर्केकी छु”, परियारले भनिन्, “विद्यालय र बागलुङ नगरपालिकाको सम्मानले थप उत्साहित भएकी छु, पढाइसँगै गायन क्षेत्रलाई अगाडि बढाउने उद्देश्य छ ।” 

    कक्षा पाँच पढ्दादेखि नै गीत गाउन सुरु गरेको परियार बताउछिन् । “विभिन्न सर्जकले गीत आउने अवसर दिन थाल्नुभएको छ”, उनले भनिन् । परियारले भोजराज थापाको सहयोगमा गीत रेकर्ड गर्न सफल भएको बताइन् । 

    केही दिनअघिसम्म गाउँघरमै सीमित उनको पहिलो  गीत नै चर्चामा छ । गायक प्रमोद खरेलसितको स्वरको ‘उसलाई पाउन २’ को गीत शुक्रबार मात्र सार्वजनिक भएको थियो ।  

    सामाजिक सञ्जालमार्फत प्रतिभा बाहिर ल्याएर चर्चामा रहेकी गायिका परियारलाई गृह नगर बागलुङ नगरपालिकाले हालै रु ३० हजार नगदसहित सम्मान गरेको छ ।

    उनी पहिलोपटक स्टेज शो कार्यक्रमसमेत गर्न सफल भएकी छिन् । यही भदौ ५ गते दोस्रो हरेलो मेलामा परियारले आफ्नो गीत प्रस्तुत गरेकी थिइन्। उनको  स्वरलाई धेरै श्रोताले  रुचाएका छन् । परियारका केही गीत सार्वजनिक हुन बाँकी छन् । 

    “मलाई गीत गाउने पहिलो अवसर गायक सुनिल बिसीले दिनुभएको हो”, उनले भनिन्। गायक प्रमोद खरेलको गीत आफुलाई औधी मनपर्ने परियारको भनाइ छ । “खरेलसँगै गीत गाउने अवसर पाउँदा खुसी लागेको छ”, उनले भनिन् । 

    खरेलले साङ्गीतिक शिक्षा लिन आग्रह गरेको परियारले सुनाइन्। गायनलाई निरन्तरता दिन प्रधानाध्यापक छविरमण रेग्मीले समेत परियारलाई सुझाव दिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार