images
images

टिभिएसको इलेक्ट्रिक स्कुटर आईक्युब नेपालमा उपलब्ध, मूल्य कति ?

टिभिएसको इलेक्ट्रिक स्कुटर आईक्युब नेपालमा उपलब्ध, मूल्य कति ?

बुधवार, भदौ २७ २०८०
बुधवार, भदौ २७ २०८०
  • टिभिएसको इलेक्ट्रिक स्कुटर आईक्युब नेपालमा उपलब्ध, मूल्य कति ?

    काठमाडौँ / टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले बहुप्रतिक्षित प्रिमियम इलेक्ट्रिक स्कुटर-टिभिएस आईक्युब नाडा अटो शोमा सार्वजनिक गरेको छ । टिभिएस मोटरको अटल र भरपर्दो इन्जिनियरिङको क्षमताहरूद्वारा समर्थित, टिभिएस आईक्युबले क्लास-लिडिङ्ग पर्फर्मेन्स, आराम, निर्माण गुणस्तर र सुरक्षा प्रदान गर्दछ जुन बलियो इन-हाउस परीक्षणद्वारा प्रमाणित गरिएको छ ।

    images
    images

    सो अवसरमा टभिएस मोटर कम्पनीका डिरेक्टर र सीईओ केएन राधाकृष्णनले टिभिएस मोटर्सले सधैँ नयाँ प्रविधिहरू अपनाउन अगाडि रहँदै आएको बताए । उनले भने, “हामीले यसैगरि अटोमोबाइल उद्योगमा नयाँ बेन्चमार्कहरू खडा गर्दै आएका छौँ । टिभिएस मोटर्सले विद्युतीय सवारी साधनको प्रविधिमा १० वर्षभन्दा बढी समयदेखि लगानी गर्दै आएको छ र नेपालमा विद्युतीय दुई पाङ्ग्रे सवारीसाधन (स्कुटर) लन्च गर्ने भारतबाट पहिलो ओईएम भएकोमा हामी गर्व गर्दछौं ।”

    उनका अनुसार टिभिएस नेपालको अग्रणी कम्पनीसमेत हो । उनले   थपे, “हामीले हाम्रो पोर्टफोलियोमा ईभिहरू थपेर नेपालमा हाम्रो नेतृत्वको स्थितिलाई अझ बलियो बनाउने लक्ष्य राखेका छौं । हामी विश्वस्त छौँ कि जगदम्बा मोटर्स प्रालिले टिभिएस आईक्युबका ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्नेछ ।”

    त्यस्तै, टिभिएस मोटर कम्पनीको इलेक्ट्रिक भेहिकलका सिनियर भाईस प्रेसिडेन्ट, मनु सक्सेनाले नेपालमा टिभिएस आईक्युब लन्च गर्न पाउँदा आफूहरू निकै उत्साहित भएको बताए । 
    उनले भने, “विभिन्न स्कुटर ग्राहकहरूसँगको हाम्रो विगतको अन्तरक्रियाको क्रममा टिभिएस जस्ता विश्वसनीय ब्रान्डबाट स्मार्ट प्रिमियम इलेक्ट्रिक स्कुटरको आवश्यकतालाई हाइलाइट गरिएको थियो र हामी अहिले त्यो आवश्यकता पूरा गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौँ ।”

    टिभिएस आईक्युबमा क्लास-लिडिङ्ग डिस्प्ले र युजर इन्टरफेसको साथ प्रदर्शन र प्राविधिक सुविधाहरूको सही मिश्रण भएको उनको दावी छ । उनका अनुसार यो नयाँ एज-कनेक्टेड सुविधाहरू र यापहरूले भरिएको छ जुन नेपालको टेक–स्याभी ग्राहकहरूको लागि अत्यन्तै उपयोगी हुनेछ । 

    टिभिएस आईक्युबले १ लाख ५० हजारभन्दा बढी भारतीय ग्राहकहरूलाई एक शानदार इलेक्ट्रिक सवारी अनुभव प्रदान गरेको छ । टिभिएसका भारतीय उपभोक्ताहरूले ७०० मिलियन किलोमिटरभन्दा बढी कभर गर्दै १५ मिलियन लिटर इन्धन बचत गरेको छ । ५ हजार ७०० टनको कार्बन एमिसन घटाएका छन्, जुन १ मिलियन रूखहरू रोप्नु जस्तै हो । सिनियर भाईस प्रेसिडेन्ट सक्सेना अगाडि भन्छन्, “नेपालमा हाम्रो सक्षम र फराकिलो आपÞm्टर सेल्स नेटवर्कद्वारा समर्थित अत्याधुनिक प्रविधिसहितको वर्ल्ड–क्लास प्रिमियम उत्पादनहरू उपलब्ध गराउने टिभिएस मोटर्सको प्रयास हो । यो भिजनलाई ध्यानमा राख्दै, टिभिएस आईक्युबको परिक्षण विगत केही महिनादेखि नेपालको विभिन्न भूभाग र मौसमको अवस्थाहरूमा व्यापक रूपमा गरिएको छ । टिभिएस आईक्युबको स्वामित्व हाम्रा ग्राहकहरूका लागि एक रोमाञ्चक अनुभव हुनेछ भन्ने कुरामामा हामी विश्वस्त छौँ ।”

    यसैगरी जगदम्बा गु्र्रपका चेयरम्यान शाहिल अग्रवालले टिभिएस मोटर्सको नयाँ विद्युतीय स्कुटर टिभिएस आईक्युब नेपाली बजारमा ल्याउन पाउदा खुशी लागेको बताए । उनले भने, “टिभिएस आईक्युबको लन्चले नेपाली इ–स्कुटरको  क्षेत्रमा महत्वपूर्ण योगदान भएको छ । यसले हाम्रा ग्राहकहरूलाई उच्च–स्तरीय मोबिलिटिका समाधानहरू प्रदान गर्ने हाम्रो साझा दृष्टिकोणलाई प्रदर्शन गर्दछ । हाम्रो नेपालभर रहेका वितरकहरू र इन–स्टोर सेल्स अनुभवका साथ नेपालभर टिभिएस आईक्युबको उपलब्धता सुनिश्चित गर्न हामी प्रतिबद्ध छौँ ।”

    टिभिएसको जुन पहिला देखिको रेन्ज छ त्यसैलाइ आईक्युबले पनि निरन्तरता दिनेछ र भविष्यको लागि नयाँ बेन्चमार्क सिर्जना गर्ने उनको भनाइ छ । उनले थपे, “नेपालमा अटोमोटिभ क्षेत्रमा ईभि प्रविधिको बढ्दो प्रयोग भइरहेको छ र टिभिएस आईक्युबले ग्राहकहरूलाई एक विश्वसनीय ब्रान्डबाट ईभि लिने विकल्प दिएको छ । टिभिएस मोटरसँगको हाम्रो साझेदारीले गुणस्तर र भ्याल्यु प्रदान गर्ने हाम्रो समर्पणको उदाहरण दिन्छ । हामी टिभिएस आईक्युबले व्यवसाय र व्यक्तिहरूलाई समान रूपमा पार्ने सकारात्मक प्रभाव हेर्न उत्सुक छौं ।”

    टिभिएस आईक्युबका विशेषताहरू 

    टिभिएस आईक्युबमा कनटेम्पोररी लुक र उत्कृष्ट निर्माण गुणस्तर छ । ग्राहकहरूले ५ आकर्षक कलर भेरियन्टबाट आफ्नो स्टाइल अनुसार एउटारङ छनोट गर्न सक्नेछन् । आईक्युबमा भिजिबिलिटी र सुरक्षाका लागि शक्तिशाली एलईडी हेडल्याम्पहरू डिजाइन गरिएका छन् । सहज ५-वे जोइस्टिकको साथमा ७ इन्चको टि.एफ.टि क्लस्टरले इन्ट¥याकसन, म्युजिक कन्ट्रोल, थिम परसनलाइजेसन लगायतका सुविधाहरू प्रदान गरेको छ । 

    ३२ लिटरको अन्डर सिट स्टोरेज, फराकिलो फ्लोरबोर्ड र ब्यागेज हुकले यात्रामा पर्याप्त सहजता प्रदान गर्दछ । साथै यु.एस.बि चार्जिङ पोर्टले सवारीका लागि अधिकतम सुविधा दिन्छ । लामो र चौडा सिटले व्यक्तिगत तथा पारिवारिक दुवै प्रयोगका लागि सहज भएकाले आईक्युबलाई व्यावहारिक विकल्प बनाएको छ ।

    शक्तिशाली ४.६ किलोवाट हब माउन्टेड मोटरद्वारा सञ्चालित टिभिएस आईक्युबले ७८ कि.मि प्रतिघण्टा को टप स्पीड दिनुका साथै मात्र ४.२ सेकेन्डमा ०–४० कि.मि प्रतिघण्टासम्म एक्सेलेरेसन दिन्छ । टिभिएस आईक्युबमा कुल ३.४ किलोवाट आवर क्षमताको एडभान्सड लिथियम–आयन रसायनको दुई ब्याट्री प्याकहरू रहेका छन् । यो एक इन्टेलिजेन्ट इन–हाउस बि.एम.एस (ब्याट्री व्यवस्थापन प्रणाली) सँग आउँदछ जसले सिंगल चार्जमा  १०० किलोमिटरको रेन्ज प्रदान गर्दछ  ४.५ घन्टामा ०-८० प्रतिशतसम्म चार्जिङ टाइम रहेको टिभिएस आईक्युब ६५० वाटको पोर्टेबल क्यारी चार्जरको साथ आउँदछ । 

    news1.jpg

    साथै कुनै पनि ५ यम्पीयर  घरेलु सकेटको साथ प्रयोग गर्न सकिने यस स्कुटरको  ब्याट्री घरमै चार्ज गर्न धेरै सुविधाजनक र किफायती हुनेछ । पावर र ईको मोडले राइडरलाई  रेन्ज अथवा परफर्मेन्स रोज्ने विकल्प प्रदान गर्दछ । रियरमा हाइड्रोलिक ट्वीन ट्युब शक एब्जर्बर र अगाडि टेलिस्कोपिक सस्पेन्सनले कुनै पनि भूभागमा बलियो सन्तुलन र आरामदायीता सुनिश्चित गर्दछ ।
    टिभिएस आईक्युब नयाँ युगको प्रविधि र स्मार्ट सुविधाहरूका साथ भरिपूर्ण छ । टिभिएस स्मार्ट एक्स कनेक्ट प्लेटफर्ममा नेभिगेसन प्रणाली, टेलिमेटिक्स युनिट, एन्टी–थेफ्ट, जियोफेन्सिङ सुविधाहरू, क्र्यास÷फल अलर्ट जस्तै सुविधाहरू आएका छन् ।

    कुनै पनि स्मार्ट फोनलाई टिभिएस आईक्युब  एपसँग कनेक्ट गरेर स्कुटरको ब्याट्री स्टाटस, र अन्य अवस्थाहरू जाँच गर्नुको साथै  म्युजिक कन्ट्रोलको सुविधा पनि रहेको छ । एलेक्सा स्किलसेट मार्फत जानकारी लिन भ्वाइस एसिस्टहरूको प्रयोग गर्न सकिन्छ । प्लेटफर्मले ड्यासबोर्डमा दिइएका एक्टिभ समयमै सर्भिस अलर्टहरूले सवारी साधनको अवस्थाको बारेमा जानकारी दिन्छ । यस स्कुटरले आगमन कल र एसएमएस अलर्ट मात्र होइन, सामाजिक सञ्जालका एपका नोटिफिकेसनहरू समेत प्रदान गर्दछ । 

    प्रिमियम सुविधाहरूसहितको टिभिएस आईक्युब एस पहिलो एक हजार ग्राहकहरूका लागि आकर्षक मूल्य अथवा ४ लाख २९ हजार ९ सय रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ । 
    भृकुटीमण्डपमा भएको नाडा अटो शोमा सार्वजनिक गरिएको यस टिभिएस आईक्युबको बारेमा विस्तृत जानकारीका लागि टिभिएसको स्टल नं. जे११ मा गएर हेर्न सकिनेछ । साथै टिभिएस नेपालको वेबसाइट तथा काठमाडौँमा रहेका टिभिएसका ६ वटा डिलरसिपमा सम्पर्क गर्न सकिनेछ ।

    टिभिएस आईक्युबका मुख्य विशेषताहरूः

    ४.६ किलोवाटको पीक पावर, १४० एन एमको टर्क 

    ३.३४ किलोवाटको रेटेड पावर

    ७८ किमी÷घण्टाको टप स्पिड

    ४.२ सेकेन्डमा ०–४० किमी/घन्टा एक्सेलेरेशन  

    १०० किलोमिटरको एकल चार्जको रेन्ज

    रिभर्स/फर्वाड पार्किङ असिस्ट 

    ७” टिएफटि क्लस्टर, ५–वे जोइस्टिकको साथ

    म्युजिक प्लेयर नियन्त्रण

    नाइट मोड

    स्मार्ट हेलमेट कनेक्टिभिटी 

    आगमन कल/एसएमएस अलर्ट

    क्लस्टरमा कागजात स्टोरेज

    ३२ लिटर अन्डरसीट स्टोरेज

    १० डिग्रीको ग्रेडेबिलिटी

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार