images
images

टाटाले ल्यायो २२ लाखदेखि ४६ लाख रुपैयाँसम्मका इभि गाडीहरू, कुनलाई कति ?

टाटाले ल्यायो २२ लाखदेखि ४६ लाख रुपैयाँसम्मका इभि गाडीहरू, कुनलाई कति ?

बुधवार, भदौ २७ २०८०
बुधवार, भदौ २७ २०८०
  • टाटाले ल्यायो २२ लाखदेखि ४६ लाख रुपैयाँसम्मका  इभि गाडीहरू, कुनलाई कति ?

    काठमाडौँ / टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले टाटाका बहुप्रतिक्षित गाडीहरू टाटा टियागो इभि र टाटा पन्च नेपाली बजारमा सार्वजनिक गरेको छ । 

    images
    images

    राजधानीको भृकुटी मण्डपस्थित प्रदर्शनी हलमा मङ्गलबारदेखि सुरु भएको १५औँ संस्करणको अटो सो ‘टाटा मोटर्स जेन्युइन आयल नाडा अटो सो २०२३’मा यी उत्पादनहरूको बिक्री वितरण सुरु गरेको हो । 

    अत्याधुनिक जिपट्रन प्रविधियुक्त टियागो इभिमा पाँचवटा मुख्य बिशेषताहरू रहेका छन् । जसमा कार्य कुशलता, प्रविधि, विश्वास, चार्जिङ्ग र आरामदायिता रहेका छन् । 
    क्रुज कन्ट्रोल सहितको टियागो इभिमा अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्प लगायत बिशेषताहरू रहेका छन् । यो गाडीको इन्टेरिएर आरामदायी तथा एक्स्टेरियर आकर्षक रहेको छ । 

    यस टियागो इभि सीमित अवधिका लागि सुरुवाती मूल्य २१ लाख ९९ हजार रुपैयाँ राखिएको छ भने अन्य भेरियन्टहरूको मूल्य यसप्रकार रहेको छ । यस्तै, अर्को गाडी नेक्सन इभी एक्स जेट प्लसको ब्याट्री क्षमता ४०.५ किलोवाट र रेन्ज ४५३  किलोमिटर रहेको छ ।

    टियागो इभी जस्त अत्याधुनिक जिपट्रन प्रविधि भएको यस एसयुभीको बनावट आकर्षक रहेको छ । आरामको लागि पावर विन्डो र पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल लगायत अन्य विशेषताहरू भएको नेक्सन इभी एक्स जेट प्लसले अन्य भन्दा उत्कृष्ट सुरक्षाको प्रत्याभूति गर्दछ ।  सुरक्षाको लागि यसमा एन्टी-लक ब्रेकिङ्ग सिस्टम, चाइल्ड सेफ्टी लक, ट्रयाक्सन जस्ता व्यवस्थाहरू छन् ।  
    नेक्सन इभी म्याक्स एक्स जेड प्लसको सुरूवाती मूल्य ४५ लाख ९९ हजार रुपैयाँ राखिएको छ । 

     त्यसैगरी, टाटाको ‘न्यु फरेभ’ रेन्ज अन्तर्गतको टाटा पन्चको चार आधारस्तम्भहरू हुन् आकर्षक  डिजाइन, विशेष कार्यक्षमता, फराकिलो इन्टेरिएर र पूर्ण सुरक्षा रहेका छन । नयाँ युग सुहाउँदो सोच र प्रविधिमा  आधारित यो गाडीले ग्राहकहरूको बद्लिदो इच्छा एवं आकांक्षाहरूको परिपूर्ति गर्दछ ।

    टाटा पन्च हाल भारतीय बजारमा सबैभन्दा बढी विक्री भइरहेको सब कम्प्याक्ट एसयुभी रूपमा पनि परिचित छ । टियागो इभीको बजार पन्च पियोर ३३ लाख ९९ हजार, पन्च एडभेन्चर एमटी ३७ लाख ४९ हजार रुपैयाँ, पन्च एकोमप्लिस्ड एमटी ४० लाख ४९ हजार रुपैयाँ र पन्च क्रियटिभ एमटीलाई ४३ लाख ४९ हजार रपैयाँ तोकिएको छ । 

    “नेपालकै  प्रख्यात नाडा अटो सोमा भाग लिई टाटाका अत्याधुनिक गाडीहरू नेपाली ग्राहकहरू समक्ष प्रस्तुत गर्न पाउँदा हामी अत्यन्त हर्षित छाँै, “टाटा मोटर्सको इन्टरनेशनल विजनेश हेड मयंक वाल्डी भन्छन् । 

    “हरित यातायातको  विकासमा  निरन्तर नयाँ/नयाँ आयामहरू थप्दै गर्ने हाम्रो प्रतिवद्धतालाई टाटा टियागो इभीले प्रतिनिधित्व गर्छ । त्यसैगरी, टाटा पन्चले नेपाली बजारमा हाम्रो “एसयुभी पोर्टफोलियो” लाई थप बलियो एवं बृहत  बनाउदै जाने प्रयासलाई दर्शाउछ । यी दुवै गाडीहरूले नेपाली ग्राहकहरूको मन र मस्तिष्कमा अमिट छाप छोड्ने छन् भन्नेमा टाटा पूर्ण आश्वस्त छ,” उनले थपे । 

    त्यसैगरी सिप्रदी  ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले टाटा टियागो इभी र टाटा पन्चले टाटा र सिप्रदीको नेपाली ग्राहकवर्गको ड्राइभिङ्ग अनुभवलाई नविन र दिगो ढङ्गले रूपान्तरण गर्ने साझा प्रतिवद्धताको प्रतिनिधित्व गर्ने बताए ।

    उनले भने, “टाटा मोटर्ससँगको सहकार्यमा नेपालको समग्र यातायात क्षेत्रको विद्युतीकरण र यसको हरित भविष्यको लागि योगदान गर्न पाउँदा सिप्रदी खुसी र गौरावान्वित महसुस गर्दछ ।”  

    नाडा अटो सो को पहिलो दिनमा टाटाले ग्राहक एवम मिडियाहरूबाट अपेक्षा गरे भन्दा बढी साथ र समर्थन पाएको कम्पनीले जनाएको छ ।                 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार