images
images

दुई महिनामा २ खर्ब २८ अर्ब रेमिट्यान्स भित्रियो, ७४ हजारले लिए नयाँ श्रम स्वीकृति

दुई महिनामा २ खर्ब २८ अर्ब रेमिट्यान्स भित्रियो, ७४ हजारले लिए नयाँ श्रम स्वीकृति

मंगलवार, असोज ३० २०८०
मंगलवार, असोज ३० २०८०
  • दुई महिनामा २ खर्ब २८ अर्ब रेमिट्यान्स भित्रियो, ७४ हजारले लिए नयाँ श्रम स्वीकृति

    काठमाडौँ / चालु आर्थिक वर्ष २०८०/८१ को भदौसम्ममा विप्रेषण आप्रवाह (रेमिट्यान्स) २२.१ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक वित्तीय स्थिति अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २२.१ प्रतिशतले वृद्धि भई २ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ ।

    images
    images

    अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा भने विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई १ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ११.३ प्रतिशतले बढेको थियो ।

    तर, भदौ महिनामा साउनको तुलनामा ४ अर्ब रुपैयाँ कम रेमिट्यान्स आप्रवाह भएको छ । तथ्याङ्क अनुसार साउनमा १ खर्ब १६ अर्ब २ करोड विप्रेषण आप्रवाह भएको थियो । उक्त रकम हालसम्मकै उच्च हो । भदौमा १ खर्ब १२ अर्ब रुपैयाँ मात्रै रेमिट्यान्स आप्रवाह भएको छ ।

    त्यस्तै, समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २८.३ प्रतिशतले कमी आई ७४ हजार ४५५ कायम भएको छ ।

    त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १८.३ प्रतिशतले कमी आई ३२ हजार ४ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७०.६ प्रतिशतले बढेको थियो ।

    समीक्षा अवधिमा खुद ट्रान्सफर २१.९ प्रतिशतले वृद्धि भई २ खर्ब ५१ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १९.५ प्रतिशतले बढेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार