images
images

सुध्रियो अर्थतन्त्र : दुई महिनामा शोधनान्तर स्थिति र चालू खाता दुवै बचतमा

सुध्रियो अर्थतन्त्र : दुई महिनामा शोधनान्तर स्थिति र चालू खाता दुवै बचतमा

मंगलवार, असोज ३० २०८०
मंगलवार, असोज ३० २०८०
  • सुध्रियो अर्थतन्त्र : दुई महिनामा शोधनान्तर स्थिति र चालू खाता दुवै बचतमा

    काठमाडौँ / चालु आर्थिक वर्षको दुई महिनामा मुलुकको शोधनान्तर स्थिति र चालु खाता दुवै बचतमा गएको छ । मंगलबार चालु आर्थिक वर्षको दुई महिनामा अर्थात् साउन–भदौँ महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै केन्द्रीय बैंकले शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोड रुपैयाँ र चालु खाता २३ अर्ब ५० करोड रुपैयाँ बचतमा रहेको देखाएको हो ।  

    images
    images

    अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति शोधनान्तर स्थिति २० अर्ब ८१ करोडले घाटामा रहेको थियो भने चालु खाता ३६ अर्ब ८४ करोडले घाटामा रहेको थियो । 

    यस्तै,अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २८ करोड ९० लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १७ करोड ७७ लाखले बचतमा रहेको छ ।  यता, अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १६ करोड ३४ लाखले घाटामा रहेको  शोधनान्तर स्थिति समीक्षा अवधिमा ४० करोड ५६ लाखले बचतमा रहेको
    छ ।

    समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ४१.७ प्रतिशतले कमी आई ८५ करोड ८ लाख रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब रुपैयाँले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १ अर्व ४६ करोड रुपैयाँ कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ८० करोड ९७ लाख रुपैयाँले ऋणात्मक रहेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार