images
images

महँगी नियन्त्रण गर्न सरकार असफल, खाद्य तथा पेय पदार्थ सबैभन्दा महँगो

महँगी नियन्त्रण गर्न सरकार असफल, खाद्य तथा पेय पदार्थ सबैभन्दा महँगो

मंगलवार, असोज ३० २०८०
मंगलवार, असोज ३० २०८०
  • महँगी नियन्त्रण गर्न सरकार असफल, खाद्य तथा पेय पदार्थ सबैभन्दा महँगो

    काठमाडौँ / सरकारले महँगीलाई नियन्त्रणमा राख्ने बताइरहँदा चालु आर्थिक वर्षको दुई महिनाको महँगीले नै सरकारलाई सो दाबीलाई चुनौति दिएको छ ।

    images
    images

    नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार भदौमा महिनामा मूल्य वृद्धि (मुद्रास्फिति) दर सरकारको लक्ष्यभन्दा बढी देखिएको हो ।

    सरकारले बजेटमार्फत महँगी ६.५ प्रतिशतभित्र राख्ने लक्ष्य लिए पनि चालु आर्थिक वर्षको दुई महिनामा महँगी बढ्दो क्रममा छ । चालु आर्थिक वर्षको दोस्रो महिनासम्मको तथ्यांक अनुसार वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ८.१९ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा मुद्रास्फीति ८.६४ प्रतिशत थियो । केन्द्रीय बैंकको पछिल्लो महिनाको तथ्यांक हेर्ने हो भने मूल्य वृद्धि बढ्दो क्रममा रहेको छ । 

    राष्ट्र बैंकको तथ्याङ्क अनुसार साउन महिनामा मुद्रास्फिति ७.५२ प्रतिशत थियो । जेठमा ६.८३ प्रतिशत रहेको मुद्रास्फीति असारमा ७.४४ प्रतिशत पुगेको थियो । तथापि, अघिल्लो वर्षको भदौको तुलनामा यो वर्ष मुद्रा स्फिति सामान्य घटेको छ । अघिल्लो वर्षको सोही महिनामा भने यस्तो मुद्रास्फीति ८.६४ प्रतिशत रहेको थियो । 

    1.JPG

    भदौमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.७४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.९९ प्रतिशत छ । भदौमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ४५.४६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १७.८६ प्रतिशत, तरकारीको १४.५१ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.३८ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको १२.६० प्रतिशत रहेको छ ।

    यस्तै होटलको १०.९७ प्रतिशतले बढेको छ । भदौमा घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १३.०८ प्रतिशतले घटेको छ । साथै, गैरखाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १५.५५ प्रतिशत र विविध वस्तु तथा सेवाहरुको १२.२१ प्रतिशतले बढेको छ ।

    त्यस्तै शिक्षाको ९.१० प्रतिशत, घरायसी उपयोगका वस्तुको ८.११ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ६.५९ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा यातायात उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक ०.१८ प्रतिशतले घटेको छ ।

    2.JPG

    समीक्षा अवधिमा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ९.८३ प्रतिशत, तराईको ७.०३ प्रतिशत, पहाडको ८.०९ प्रतिशत र हिमालको ११.३२ प्रतिशत छ । २०७९ भदौमा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ७.६२ प्रतिशत, ९.३३ प्रतिशत, ८.८२ प्रतिशत र ६.६८ प्रतिशत थियो ।

    २०८० भदौमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ४.७८ प्रतिशत छ । गत वर्ष भदौमा यस्तो मुद्रास्फीति १४ प्रतिशत थियो । भदौमा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति क्रमशः ८.२३ प्रतिशत, ३.१४ प्रतिशत र २.८० प्रतिशत छ । समीक्षा अवधिमा निर्माण सामग्रीको थोक मुद्रास्फीति ०.०३ प्रतिशतले घटेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार