images
images

सुध्रियो अर्थतन्त्र : शोधनान्तर स्थिति र चालु खाता दुवै बचतमा

सुध्रियो अर्थतन्त्र : शोधनान्तर स्थिति र चालु खाता दुवै बचतमा

शुक्रवार, कार्तिक २४ २०८०
शुक्रवार, कार्तिक २४ २०८०
  • सुध्रियो अर्थतन्त्र : शोधनान्तर स्थिति र चालु खाता दुवै बचतमा

    काठमाडौँ / चालु आर्थिक वर्ष २०८०/८१ को तीन कहिनामा मुलुकको शोधनान्तर स्थिति र चालु खाता दुवै बचतमा गएको छ । शुक्रबार चालु आर्थिक वर्षको तीन महिनामा अर्थात् साउन–असोज महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै केन्द्रीय बैंकले शोधनान्तर स्थिति ९९ अर्ब ७ करोड रुपैयाँ र चालु खाता ५९ अर्ब रुपैयाँले बचतमा रहेको देखाएको हो ।  

    images
    images

    अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १२ अर्ब ४३ करोड रुपैयाँले बचतमा रहेको थियो भने चालु खाता ३५ अर्ब २४ करोड रुपैयाँले घाटामा रहेको थियो । 

    यस्तै,  अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९ करोड १८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ७४ करोड ७२ लाखले बचतमा रहेको छ । यता, अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २७ करोड ६७ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४४ करोड ५२ लाखले बचतमा रहेको छ ।

    समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ५५.६ प्रतिशतले कमी आई १ अर्ब १५ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ३७ करोड रुपैयाँले धनात्मक रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर २ अर्व ५९ करोड रुपैयाँ कायम थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ७ करोड ९६ लाख रुपैयाँले धनात्मक थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार