images
images

एक दिन पनि टिकेन शेयर बजारको उछाल, आज ११.२७ अंकले घट्यो नेप्से परिसूचक

एक दिन पनि टिकेन शेयर बजारको उछाल, आज ११.२७ अंकले घट्यो नेप्से परिसूचक

सोमवार, मंसिर ११ २०८०
सोमवार, मंसिर ११ २०८०
  • एक दिन पनि टिकेन शेयर बजारको उछाल, आज ११.२७ अंकले घट्यो नेप्से परिसूचक

    काठमाडौँ / शेयर बजारमा आइतवार देखिएको उत्साह एक दिन पनि टिकेन । आइतबार लामो समयपछि ४७ अंकले बढेको शेयर बजार सोमबार भने ११.२७ अंकले घटेको छ ।

    images
    images

    लामो समयको अन्तरालपछि आइतबार नेप्से परिसूचक २.५६ प्रतिशतले बढेर १९०७.९५ बिन्दुमा पुगेको थियो । यसदिन २ अर्ब १ करोड १७ लाख रुपैयाँ बराबरको ६५ लाख ३० हजार कित्ता सेयर किनबेच भएको थियो । तर, उच्च अंकले नेप्से सूचक बढेको दोस्रो दिन नै पुनः दोहोरो अंकको गिरावट आएको छ । 

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज नेप्से सूचक ११.२७ अंकले घट्दै १८ सय ९६.६७ अंकमा झरेको हो । आज दिनभरिमा २९० कम्पनीको ६० लाख १७ हजार ३९७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७५ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    आज होटल्स एण्ड टुरिजम, इन्भेष्टमेन्ट, म्युचुअल फण्ड, निर्जीवन बीमा र ट्रेडिङ उपसूचक बाहेक बाँकी ९ वटा उपसूचक ऋणात्मक भएका छन् । आज सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    त्यस्तै, रिलायबल नेपाल लाइफको ७ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिटिजन लाइफको ६ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । प्रभु बैंकको ५ करोड २६ लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ ।

    आज सबैभनदा धेरै अपर साङगे हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । अभियान लघुवित्तका लगानीकर्ताले ७ दशलमव ७२ प्रतिशतका दरले कमाएका छन् । माथिल्लो मैलुङ खोलाका लगानीकर्ताले ७ दशलमव ४९ प्रतिशतका दरले कमाएका छन् ।

    आज सबैभन्दा धेरै स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार