images
images

होण्डा डियो१२५ स्कुटरको विक्री वितरण सुरु, के–के छन् विशेषता, मूल्य कति ?

होण्डा डियो१२५ स्कुटरको विक्री वितरण सुरु, के–के छन् विशेषता, मूल्य कति ?

आइतवार, पुस १ २०८०
आइतवार, पुस १ २०८०
  • होण्डा डियो१२५ स्कुटरको विक्री वितरण सुरु, के–के छन् विशेषता, मूल्य कति ?

    काठमाडौँ / नेपालका लागि होण्डाको अधिकृत विक्रेता स्याकार ट्रेडिङले अत्याधुनिक ‘स्मार्ट’ प्रविधिहरु र थप ‘पावर’ले भरपुर होण्डा डियो१२५  स्कुटरको विक्री वितरण सुरु गरेको छ । 

    images
    images

    नेपालमा सर्वाधिक बिक्री हुने होण्डाका दुईपाङ्ग्रे सवारीसाधनहरु मध्येमा ग्राहकवर्गद्वारा अत्यधिक रुचाईएको होण्डा डियो स्कुटरको सो पछिल्लो संस्करणमा वर्तमान प्रविधिमैत्री पुस्ताको आवश्यकता र सन्तुष्टिका लागि नविन विशेषताहरु समाहित रहेको कम्पनीको भनाइ छ । 

    साथै, १२५ सीसी क्षमताको इञ्जिनका साथ सो स्कुटर रोमान्चक यात्राको भरपर्दो र शक्तिशाली सहयात्री बन्ने कम्पनीको विश्वास छ । स्मार्ट चाबीले अनलक र स्टार्ट हुने सो स्कुटरमा ’साईड स्ट्यान्ड’ लगाउँदा ‘स्टार्ट’ बन्द हुने प्रविधि, कम इन्धनमा अधिकतम माइलेज दिने पीजीएम–एफआई सिस्टम लगायतका अत्याधुनिक प्रविधिहरु उपलब्ध छन् । 

    होण्डाको अधिकृत विक्रेता स्याकार ट्रेडिङले स्कुटरको बुकिङ र विक्री धमाधम भइरहेको जनाएको छ । यो स्कुटरको मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ तोकिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार