images
images

बीवाईडी डल्फिनलाई ‘बेस्ट बाई कार अफ युरोप–२०२४’ अवार्ड

बीवाईडी डल्फिनलाई ‘बेस्ट बाई कार अफ युरोप–२०२४’ अवार्ड

सोमवार, पुस २ २०८०
सोमवार, पुस २ २०८०
  • बीवाईडी डल्फिनलाई ‘बेस्ट बाई कार अफ युरोप–२०२४’ अवार्ड

    काठमाडौं / बीवाईडीको पछिल्लो सफल मोडल डल्फिन युरोपकै प्रतिष्ठित अवार्ड ‘बेस्ट बाई कार अफ युरोप–२०२४’ अवार्ड जित्न सफल भएको छ । यो अवार्ड युरोपभर बिक्री हुने कारहरु मध्ये उत्कृष्टलाई ‘अटोबेष्ट’ले प्रदान गर्दै आएको छ ।

    images
    images

    उक्त प्रतिस्पर्धामा डल्फिनले अवार्ड हात पर्दा ठूला कार निर्माताका बलिया प्रोडक्टलाई उछिन्न सफल भएको हो । उक्त प्रतिस्पर्धामा दोस्रो स्थानमा हुन्डाई कोना र तेस्रो स्थानमा जिपको एभेन्जर परेका थिए ।

    यसका लागि अष्ट्रियाको टिसडार्फ सहरमा रहेको सर्किटमा सबै प्रतिस्पर्धीलाई उतारिएको थियो । त्यसको लागि युरोपभरका ३१ देशबाट आएका अटोबेष्ट पत्रकारहरुले मतदान गरेर डल्फिनलाई अवार्ड दिएका हुन् ।

    उनीहरुले डल्फिनलाई फिचर लोडेड क्याविन, आकर्षक डिजाइन, सुरक्षामा अब्बल र गुणस्तरिय प्रविधिको प्रयोग भएको पर्फेक्ट कारको संख्या दिएका थिए । त्यसमा सुरक्षित र सफल ब्लेड ब्याट्रीको प्रयोगले सुरक्षामा नयाँ मानक स्थापित गरेको मानिएको छ । त्यसैले डल्फिनले २०.०५७ अंकसहित पहिलो स्थान सुरक्षित गर्न सफल भयो ।

    अटोबेष्टका जुरीले पहिलो पटक कुनै पनि बीवाईडीको मोडललाई ‘बेस्ट बार्ई कार अफ युरोप २०२४ को अवार्ड दिएको हो । अवार्ड दिएपछि अटोवेष्टका अध्यक्ष भान भार्डीले भने, ‘बीवाईडी डल्फिनले बजारमा आएदेखि नै उत्कृष्ट पर्फमेन्स दिएको छ । हामीले दशककै सन्तुलित अटोवेष्ट प्रतिस्पर्धा गराएका छौं । यसमा डल्फिनले एक विद्युतीय साधनको रुपमा योग्य भएर शीर्ष उपाधि जित्न सफल भएको छ ।’

    मूल्य र गुणस्तर

    जुरीहरुले डल्फिनको प्रशंसा गर्ने क्रममा यसको साइज, आरामदायीता र ड्राइभिङ प्लेजरलाई मुख्य आधार बनाएका थिए । सानो साइजमा धेरै स्पेश पाउन सकिने भएको कारण यसले संसारभर जो कोहीलाई लोभ्याइरहेको छ । अर्को यसको मूल्य पनि विश्वभर नै सबैलाई आश्चर्य चकित बनाउने खालको छ ।

    नेपालमा पनि केबल ३९ लाख ८० हजारमा डल्फिन खरिद गर्न पाइन्छ । जुन सेग्मेन्टमा डल्फिन उपलब्ध छ, त्यो सेग्मेन्टमा अन्य प्रतिस्पर्धी नै छैनन् भन्न सकिन्छ । यसका साथै, बीवाईडीको ई–प्लेटफर्म ३.० को जुरीहरुले प्रशंसा गरेका थिए ।

    सुरक्षित र फराकिलो

    युरो एनक्यापले गरेको क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाउन सफल डल्फिन ३.० ई–प्लेटफर्म र ड्रागन फेस डिजाइनको कारण क्याविनमा प्रसस्त स्थान भएको कार हो । ह्याचव्याक सेग्मेन्टमा उपलब्ध डल्फिनको लम्बाई ४२९० एमएम, चौडाई छेउमा ऐना फोल्ड गरेको ठाउँसम्म २०१२ एमएम छ ।

    डल्फिनमा २७०० एमएम लामो ह्वीलवेस दिइएको छ । यसमा ३४५ लिटर क्षमताको बुट स्पेश दिइएको छ । अन्तर्राष्ट्रिय स्पेकमा ६०.४ किलोवाट आवर क्षमताको ब्लेड ब्याट्री दिइएको छ । नेपालमा भने ५१ किलोवाट आवरको ब्याट्रीमा डल्फिन उपलब्ध छ ।

    ब्लेड ब्याट्री

    बीवाईडीको आफ्नै उत्पादन ब्लेड ब्याट्रीबाट सुसज्जित भएकाले यसको टिकाउपन, सुरक्षा र पर्फमेन्स सबै उत्कृष्ट रहेको छ । यो ब्याट्री कोबाल्ट, म्यानेजेज र निकेल रहित छ । यसमा लिथियम आइरन फस्फेट (एलएफपी) को प्रयोग गरिएको छ ।

    अटोबेष्ट अवार्ड हात पारेपछि बीवाईडी युरोपका प्रबन्ध निर्देशक मिचेल साउ भन्छन्, ‘यो पुरस्कार हाम्रा लागि निकै गर्वको कुरा हो । यही पेसामा रहेका जुरीको निर्णयबाट पाएको अवार्डले नयाँ गाडी किन्न चाहने ग्राहकको ध्यान तान्नेमा म विश्वस्त छु । यसले हामीलाई नयाँ प्रोडक्ट अझ उत्कृष्ट र कम मूल्यको ल्याउन प्रेरित गरेको छ ।’

    अटोबेष्टका प्रमुख भान भार्डीले बीवाईडीका उत्पादन परिष्कृत हुँदै गएको प्रमाण यो अवार्ड भएको प्रतिक्रिया दिए । जुरीले निर्णय दिइसकेपनि यसको आधिकारिक घोषणा लक्जम्बर्गमा आयोजना हुन गइरहेको २३औं अटोवेष्ट गालामा गरिने छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार