images
images

विश्व बजारमा चर्चा कमाएका गुडयर ब्रान्डको लुब्रिकेन्ट नेपाली बजारमा पनि

विश्व बजारमा चर्चा कमाएका गुडयर ब्रान्डको लुब्रिकेन्ट नेपाली बजारमा पनि

सोमवार, पुस २ २०८०
सोमवार, पुस २ २०८०
  • विश्व बजारमा चर्चा कमाएका गुडयर ब्रान्डको लुब्रिकेन्ट नेपाली बजारमा पनि

    काठमाडौं/  नेपाली बजारमा गुडयर ब्रान्डको लुब्रिकेन्ट औपचारिक रुपमा भित्रिएको छ । 

    images
    images

    विभिन्न ब्रान्डको कारोबारमा संलग्न रहेको डेल्टा डिस्ट्रिब्युटर्स प्रालिले विश्वविख्यात गुडइयर लुब्रिकेन्टको बिक्री–वितरण सुरु गरेको हो । 

    भारतबाट उत्पादित गुडइयर लुब्रिकेन्टको आइतबार एक कार्यक्रम बीच औपचारिक रुपमा शुरु गरिएको छ 
     ।

    दुईपांग्रे तथा चारपांग्रे सवारी साधन, ट्याक्टर, हेभी इक्विपमेन्ट तथा औद्योगिक क्षेत्रमा प्रयोग हुने सबै किसिमका ल्युब तथा ग्रिजहरु उपलब्ध हुने कम्पनीले जनाएको छ । 

    गुडइयर अमेरिकाको प्रतिष्ठित र पुरानो अटोमोटिभ कम्पनी हो, जसको विश्वभर २१ देशमा ४६ उत्पादन युनिट रहेको छ । 

    सन् २०२० देखि गुडइयरले भारतमा लुब्रिकेन्टको प्लान्ट स्थापना गरी एसियाका १६ देशमा बिक्री–वितरण गर्दै आएको छ । 

    गुडइयरले गुणस्तर सम्बन्धी सबै अन्तर्राष्ट्रिय मापदण्ड पुरा गरी आईएसओ ९००१ः२०१५, आईएसओ १४००ः२०१५ र आईएसओ ४५००ः२०१८ प्रमाणपत्र प्राप्त गरेको छ । 


    विशेष गरी टायर, ट्युव तथा पार्ट्स बिक्री–वितरण गर्दै आएको डेल्टा डिस्ट्रिब्युटर्सले पहिलो पटक लुब्रिकेन्ट भित्र्याएको हो । 

    ‘विश्वविख्यात प्रिमियम ब्रान्ड भएकोले गुडइयरले राम्रो प्रतिक्रिया पाउनेमा आफू ढुक्क रहेको डेल्टा डिस्ट्रिब्युटर्स प्रालिका निर्देशक बिक्रम सिंघानियाले बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार