images
images

नाडाको अध्यक्ष करण चौधरी हुने सहमति, अन्यमा पदमा बाँकी

नाडाको अध्यक्ष करण चौधरी हुने सहमति, अन्यमा पदमा बाँकी

बुधवार, पुस ४ २०८०
बुधवार, पुस ४ २०८०
  • नाडाको अध्यक्ष करण चौधरी हुने सहमति, अन्यमा पदमा बाँकी

    नाडा अटोमोबाइल्स एसोसियसनमा नेतृत्व गर्ने भावी अध्यक्षको लागि सर्वसम्मतिले नेतृत्व चुनिने भएको छ ।  यसअघि नाडाको नेतृत्वका लागि तीनजना जना बलिया दाबेदारहरु प्रतिस्प्रधामा उत्रिने देखिएका थिए ।  

    images
    images

    नाडाका पदाधिकारी लगायहरुको लामो कसरतपछि यसपछिको तीन कार्यकालसमेतलाई भावी अध्यक्षको प्रबन्ध निश्चित गरिएको छ ।  यसले आगामी तीन कार्यकालसम्म अध्यक्ष पदका लागि चुनाव नहुने निश्चित बनेको छ । कार्यसमितिका अन्य पदहरुमा भने सहमति हुन बाँकी नै छ ।  

    करण चौधरी, आकाश गोल्छा र प्रकाश कपुरीले नाडाको अध्यक्षमा पछिल्लो समय दाबीदारी गर्दै आएका थिए । 


    नाडाका अध्यक्ष ध्रुव थापासहित पूर्वअध्यक्षहरुको बैठकले सीजी होल्डिङ्सका करण चौधरीलाई यो कार्यकाल सर्वसम्मत अध्यक्ष बनाउने सहमतिसंगै अन्य दाबेदारीहरुले पछिल्ला कार्यकालाई आफ्नो बहसमा लविङ गरेका थिए । 

    नाडामा वरिष्ठ उपाध्यक्षको पद नभएको ले विशेष महाधिवेशन गरेर सृजना गर्ने भएको छ । प्रत्यासी आकाश गोल्छालाई सो पदमा सर्वसम्मतिले निर्वाचित गरी पछिल्लो कार्यकालको लागि अध्यक्ष बनाइने सहमति पनि भएको हो । 


    आगामी पुस २० र २१ गते हुने नाडाको ४७ औं वार्षिक साधारणसभाबाट नयाँ कार्यसमिति घोषणा हुने छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार