images
images

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन सकिने

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन सकिने

बुधवार, पुस ४ २०८०
बुधवार, पुस ४ २०८०
  • सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन सकिने

    काठमाडौँ / सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले १ लाख ७८ हजार ८६५ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । 

    images
    images

    कम्पनीले पुस ४ गतेदेखि १३ गतेसम्मका लागि विद्यमान संस्थापक शेयरधनी र जो कोही व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो ।

    यो शेयरको मूूल्य प्रतिकित्ता २२० रूपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

    यी शेयर बाँडफाँटमा प्राप्त गर्ने शेयरधनीहरूले कम्पनीद्वारा पुस ४ गतेपछि सार्वजनिक हुने लाभांश तथा हकप्रद शेयर समेत प्राप्त गर्ने जानकारी कम्पनीले दिएको छ । यो शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार