images
images

निसानको नयाँ 'एक्स–ट्रेल' गाडी नेपाली बजारमा, १ करोड ८७ लाख रुपैयाँ प्रारम्भिक मूल्य

निसानको नयाँ 'एक्स–ट्रेल' गाडी नेपाली बजारमा, १ करोड ८७ लाख रुपैयाँ प्रारम्भिक मूल्य

शुक्रवार, पुस ६ २०८०
शुक्रवार, पुस ६ २०८०
  • निसानको नयाँ 'एक्स–ट्रेल' गाडी नेपाली बजारमा, १ करोड ८७ लाख रुपैयाँ प्रारम्भिक मूल्य

    काठमाडौँ / निसानले नेपालमा नयाँ, चौँथो जेनेरेसनको एक्स–ट्रेल सार्वजनिक गरेको छ । दिगो भविष्यप्रति प्रतिबद्धताका साथ निसानले सन् २००१ मा एक्स–ट्रेलको उदयपछि विश्वभर ७ मिलियनभन्दा बढी एक्स–ट्रेल गाडीहरू बिक्री भइरहेको जनाएको छ । 

    images
    images

    यसले विश्वको एक अधिक लोकप्रिय परिवार लक्षित एडभेन्चर सवारी साधनहरूमध्ये एक बनाएको कम्पनीको भनाई छ । नवीनतम् मोबिलिटी सोलुसनहरू प्रस्तुत गर्ने ब्रान्डको प्रतिबद्धतालाई मूर्त रूप दिने निसान एक्स–ट्रेलको १ करोड ८७ लाख रुपैयाँ प्रारम्भिक मूल्य तोकिएको छ । 

    nishan1.jpg

    त्यस्तै, नेपालमा निसानको आधिकारिक वितरक, पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीप सारडाले भने, “नेपालमा नयाँ एक्स ई–पावर, पेट्रोल इन्जिन ब्याकअप भएको इलेक्ट्रिक ड्राइभिङ हुने गाडी सार्वजनिक गर्न पाउँदा हामी खुशी छौँ । एक्स–ट्रेल इ–पावर ठुलो, आरामदायी र बहुपयोगी एसयुभी चाहने ग्राहकहरूका लागि उत्कृष्ट छनोट हुनुको साथै वातावरणमैत्री, प्रभावकारी र चलाउन रमाइलो सवारी साधन पनि हो । एक्स–ट्रेल इपावर नविनतम मोबिलिटी सोलसुनहरूमार्फत मानिसहरूको जीवनलाई सहज बनाउने निसानको दृष्टिकोणको प्रमाण हो ।” 

    त्यस्तै, सीबीयू र दक्षिण एसिया व्यापार निर्यात प्रमुख रघुनाथ नैरले भने, “निसानको ई–पावर टेक्नोलोजीलाई हाम्रा ग्राहकहरूले विश्वव्यापी रूपमा अविश्वसनीय रूपमा स्वागत गरेका छन्, र हामी नेपालमा यो प्रभावकारी ईभी जस्तो ड्राइभ अनुभव प्रदान गर्न सक्षम हुन पाउँदा उत्साहित छौँ । हामीले सधैँ महसुस गरेका छौँ कि ई–पावरको प्रयोग गरेपछि मात्रै यसको क्षमता र विशेषतालाई बुझ्न सकिन्छ । दक्षिण एसिायको एक महत्त्वपूर्ण क्षेत्र, नेपालमा एक्स ट्रेलको ई–फोर्सको सुरुवातसँगै हामी हाम्रा ग्राहकहरूलाई त्यो अनुभव दिन पाउँदा खुशी छौँ ।”

    Nishan.jpg

    नयाँ संस्करणको लागि निसानले एक्स–ट्रेलको अघिल्लो तीन जेनेरेसनहरूमाझैँ बलियो संरचना, सहज प्रविधिसहितको एसयुभी डिजाइन, लचिलो उपयोगिता र अल–ह्विल–ड्राइभ क्षमतासहितको पावर ट्रेनलगायत सुविधा रहेको जनाएको छ । परिवार र साथीहरूसँगको लागि एक सुविधाजनक विकल्प प्रदान गर्दै नयाँ एक्स–ट्रेल सात–सिटर कन्फिगरेसनमा उपलब्ध छ । 

    पायोनियर मोटो कर्प प्रा.लि. नेपालका लागि निसान मोटर कम्पनीको आधिकारिक वितरक हो । सन् २०१७ मा सञ्चालन सुरु गरेको कम्पनीले जापान, थाइल्यान्ड र भारतमा निसानको प्लान्टबाट सावरी आयात गर्दछ । कम्पनीको नेपालभर १७ ओटा बिक्री केन्द्रहरू रहेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार