images
images

आर्क्स ग्रुपले चीनमा बनेको हाइलोङ ब्राण्डको विद्युतीय माइक्रो भ्यान भित्र्याउँदै

आर्क्स ग्रुपले चीनमा बनेको हाइलोङ ब्राण्डको विद्युतीय माइक्रो भ्यान भित्र्याउँदै

आइतवार, पुस ८ २०८०
आइतवार, पुस ८ २०८०
  • आर्क्स ग्रुपले चीनमा बनेको हाइलोङ ब्राण्डको विद्युतीय माइक्रो भ्यान भित्र्याउँदै

    काठमाडौँ / नेपाली बजारमा चीनमा निर्मित हाइलोङ ब्राण्डको विद्युतीय माइक्रो भ्यान भित्रिने भएको छ । नेपाली बजारको आवश्यकता र विद्युतीय सवारीप्रति बढ्दो मागलाई दृष्टिगत गर्दै आर्क्र्स ग्रुपद्वारा हाइलोङ ब्राण्डको विद्युतीय माइक्रो भ्यान भित्र्याउन लागेको हो । 

    images
    images

    मध्यम तथा छोटो दूरी, स्कूल, अस्पताल, पर्यटन प्रयोजनमा सञ्चालन गर्न अत्यन्तै व्यावहारिक हुने १४ सिट क्षमताको माइक्रो भ्यान शीघ्र बजारमा उपलब्ध हुने आर्क्स ग्रुपले जनाएको छ ।  

    हाइलोङ अटोमोबाइल ब्राण्डका गाडीहरू चीनलगायत दक्षिण कोरिया, मलेसिया, थाइल्याण्ड, कम्बोडिया र लाओसमा बिक्री हुँदै आएका छन् । 

    हाइलोङको स्थानीय साझेदार आर्क्स ग्रुप ४५ वर्षदेखि नेपालको विभिन्न क्षेत्रमा गतिशील व्यावसायिक समूहको रूपमा स्थापित रहँदै आएको छ । यस ग्रुपसँग अटोमोबाइल क्षेत्रमा मात्र २५ वर्षको अनुभव रहेको छ । 
     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार