images
images

गल्फ लुब्रिकेन्ट भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा ओइएम पार्टनर, ५ जना ग्राहकलाई आकर्षक उपहार

गल्फ लुब्रिकेन्ट भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा ओइएम पार्टनर, ५ जना ग्राहकलाई आकर्षक उपहार

बिहिवार, पुस १९ २०८०
बिहिवार, पुस १९ २०८०
  • गल्फ लुब्रिकेन्ट भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा ओइएम पार्टनर, ५ जना ग्राहकलाई आकर्षक उपहार

    काठमाडौँ / नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा ओइएम पार्टनरको रूपमा सहभागी भएको छ । 

    images
    images

    जाडो मौसमले दुई पाङ्ग्रे साधनमा नकारात्मक असर पार्न सक्ने हुनाले, सो असरबाट सुरक्षित रहन भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्प सम्पन्न भएको कम्पनीले जनाएको छ ।  पुस ५ देखि १४ गतेसम्म सञ्चालित सो क्याम्प काठमाडौँ उपत्यकाभरीका ५ वटा स्थानमा रहेको  भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस स्टेशनमा  सम्पन्न भएको थियो । 

    भेस्पा र अप्रिलिया स्कुटरका ग्राहकहरूलाई लक्षित क्याम्पमा निःशुल्क सर्भिसिङ र  गल्फ इन्जिन आयल चेन्ज  प्रदान  गरेको थियो । सो क्याम्पमा सहभागी २६ सयभन्दा धेरै ग्राहकमध्ये ५ भाग्यमानी ग्राहकलाई लक्की ड्र मार्फत आकर्षक उपहार प्रधान गरिएको थियो । लक्की ड्रबाट रत्न केशरी रंजितकार (भक्तपुर), रन्जु नेपाल (बनेपा), नविना श्रीश (एकान्तकुना), रोमीका न्यौपाने (गहनापोखरी) र मोनिका श्रेष्ठ (झम्सिखेल) बिजेता भएका थिए ।

    क्याम्प नेपाल ल्युब आयल र भेस्पा/अप्रिलिया स्कुटरका आधिकारिक वितरक डेल्टा अटोकर्पको  संयुक्त आयोजनामा भएको हो  । 

    फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध गराउँछ । नेपालमा गल्फ ब्राण्ड बिगत ३९ बर्ष देखि लगातार ग्राहकवर्गको रोजाइमा पर्दै आएको छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार