images
images

करण चौधरीको नेतृत्वमा नाडाको नयाँ कार्यसमिति चयन, गोल्छा बरिष्ठ उपाध्यक्ष र उप्रेती बने महासचिव

करण चौधरीको नेतृत्वमा नाडाको नयाँ कार्यसमिति चयन, गोल्छा बरिष्ठ उपाध्यक्ष र उप्रेती बने महासचिव

आइतवार, पुस २२ २०८०
आइतवार, पुस २२ २०८०
  • करण चौधरीको नेतृत्वमा नाडाको नयाँ कार्यसमिति चयन, गोल्छा बरिष्ठ उपाध्यक्ष र उप्रेती बने महासचिव

    काठमाडौँ / नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ४७ औँ वार्षिक साधारण सभाले करण चौधरीको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति गठन गरेको छ । नाडाको पुस २० गते काठमाडौँमा सम्पन्न सभाले अध्यक्षसहित १७ जनाको केन्द्रीय कार्य समिति सदस्यहरूलाई समेत सर्वसम्मत रूपमा निर्वाचित गरेको हो । 

    images
    images

    यसैगरी, आइतबार नवनिर्वाचित अध्यक्ष चौधरीको अध्यक्षतामा बसेको नाडा केन्द्रीय कार्य समितिको पहिलो बैठकले नाडाको विधान २०७१ को संशोधित विधान २०८० बमोजिम निम्म बमोजिमका पदाधिकारीहरू सर्बसम्मत रूपमा निर्वाचित गरेको छ । 

    निवर्तमान अध्यक्ष डा. ध्रुव थापा, बरिष्ठ उपाध्यक्षमा आकाश गोल्छा, संस्थागत उपाध्यक्षमा पुष्कर ओझा र तेजनारायण साह, अन्य उपाध्यक्षमा राजनबाबु श्रेष्ठ र निराकार श्रेष्ठलाई चयन गरेको छ । 

    त्यसैगरी सो बैठकले महासचिवमा, सुरेन्द्रकुमार उप्रेती, सचिवमा विक्रम सिंहानिया, कोषाध्यक्षमा मिलनबाबु मल्ल, सहकोषाध्यक्षमा पंकज अग्रवाललाई निर्वाचित गरेको छ । 
    यसैक्रममा सो बैठकले संस्थागत सदस्यहरूमा सञ्जयकुमार श्रेष्ठ, कुलबहादुर क्षेत्री, कृष्णप्रसाद श्रेष्ठ, गणेशप्रसाद भट्टराई, भद्र भण्डारीलाई निर्वाचित गरेको छ । 

    त्यसैगरी सो बैठकले केन्द्रीय कार्य समितिको सदस्य पदमा सुनिल रिजाल, प्रकाश कपुरी, कपिल शिवाकोटी, प्रदिपमान प्रधान, यमुना श्रेष्ठ, संजयकुमार खेतान, नवराज भुषाल, ऋद्धि कार्की, दिपेन्दकुमार मिश्र,र सौरभ थापालाई निर्वाचित गरेको छ । 

    यसै परिपे्रक्ष्यमा नाडाको उक्त विधान बमोजिम नव निर्वाचित अध्यक्ष चौधरीले मेघराज पौडेल,  निलमणी पाठक र सोहन श्रेष्ठलाई सोही केन्द्रीय कार्य समितिको सदस्य पदमा मनोनित गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार