images
images

हिमालयन लाइफको साढे ६४ हजार कित्ता शेयर बिक्रीमा

हिमालयन लाइफको साढे ६४ हजार कित्ता शेयर बिक्रीमा

मंगलवार, पुस २४ २०८०
मंगलवार, पुस २४ २०८०
  • हिमालयन लाइफको साढे ६४ हजार कित्ता शेयर बिक्रीमा

    काठमाडौँ / हिमालयन लाइफ इन्स्योरेन्सको साढे ६४ हजार कित्ता शेयर आज पुस २४ गतेबाट बिक्रीमा राखिएको छ।

    images
    images

    साबिक गुराँस लाइफ इन्स्योरेन्सको संस्थापक शेयरधनी स्वदेशी सेक्युरिटिज एन्ड इन्भेस्टमेन्टको स्वामित्वमा रहेको ६४ हजार ५०९ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले खरिद आवेदन पेस गर्न सक्नेछन्।

    शेयर खरिदका लागि इच्छुक संस्थापक शेयरधनीहरुले काठमाडौंको हात्तीसारस्थित कम्पनीको कानुन विभागमा लिखि रुपमा जानकारी गराउनुपर्नेछ। यसका लागि ३५ दिनको समय दिइएको छ।

    संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि कुनै लिखित आवेदन नपरेको खण्डमा अन्य खरिदकर्तालाई शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार