images
images

हिमालयन एभरेष्ट इन्स्योरेन्सको बार्षिक साधारण सभा माघ २५ गते, लाभांश पारितसहित के–के छन् प्रस्ताव ?

हिमालयन एभरेष्ट इन्स्योरेन्सको बार्षिक साधारण सभा माघ २५ गते, लाभांश पारितसहित के–के छन् प्रस्ताव ?

शुक्रवार, पुस २७ २०८०
शुक्रवार, पुस २७ २०८०
  • हिमालयन एभरेष्ट इन्स्योरेन्सको बार्षिक साधारण सभा माघ २५ गते, लाभांश पारितसहित के–के छन् प्रस्ताव ?

    काठमाडौँ / हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले ३०औं वार्षिक साधारण सभा माघ २५ गते, बिहीबार गर्ने भएको छ । 

    images
    images

    २६ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा बानेश्वर ब्याङ्कवेट, थापागाउँ, काठमाडौँमा बिहान ११ बजे शुरु हुने कम्पनीले जनाएको हो । कम्पनीको पुस 

    सभाले हाल कायम चुक्ता पूँजीको ८ दशमलव ६३ प्रतिशतका दरले बोनश शेयर र सोको कर प्रयोजनार्थसहित ६ दशमलव ३७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

    त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, विज्ञ स्वतन्त्र सञ्चालकको पदमा भएको नियुक्ति चार वर्षको लागि र रिक्त संस्थापक सञ्चालकको पदमा भएको नियुक्ति बाँकी अवधिको लागि अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।

    सभाले लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ। सभाले संचालकको भत्ता तथा सुविधा बृद्धि गर्ने, सोही अनुसार नियमावली संशोधन गर्ने लगायतका विशेष प्रस्ताव पारित गर्ने जनाएको छ ।

    कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि माघ १४ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार माघ ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार