images
images

शेयर बजारमा उछाल : नेप्से ५४ अङ्कले बढ्दा ८ अर्ब बढीको कारोबार, कसले कति कमाए ?

शेयर बजारमा उछाल : नेप्से ५४ अङ्कले बढ्दा ८ अर्ब बढीको कारोबार, कसले कति कमाए ?

मंगलवार, माघ २ २०८०
मंगलवार, माघ २ २०८०
  • शेयर बजारमा उछाल : नेप्से ५४ अङ्कले बढ्दा ८ अर्ब बढीको कारोबार, कसले कति कमाए ?

    काठमाडौँ / आज नेप्से परिसूचक ५४ अङ्कको वृद्धि भएको छ । आज मंगलबार सेयर बजार परिसूचक एकैदिन ५४.५४ अंकले बढ्दै २ हजार १७५.१७ अंकमा उक्लिएको हो । 

    images
    images

    यसदिन १३ वटै उपसूचक धनात्मक हुँदा अधिकांश उपसूचक २ प्रतिशत माथिले बढेका छन् । फाइनान्स समूह ४.७५ प्रतिशतले बढेको छ भने इनभेष्टमेन्ट समूह ३.७० प्रतिशतले, हाइड्रोपावर समूह ३.५१ प्रतिशतले र माइक्रोफाइनान्स समूह ३.०२ प्रतिशतले बढेको छ । अरु बाँकी उपसमूह २ प्रतिशत कमले बढेका छन् । 

    यस्तै, आज २१४ कम्पनीको शेयर मुल्य बढेको छ भने ३१ कम्पनीको शेयर मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज २ करोड ३३ लाख ७० हजार ५३ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब २ करोडमाथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २८ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै पाँच कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज बुटबल पावर कम्पनी, यूनाइटेड मोदी हाइड्रोपावर, हिमालयन पावर पार्टनर, एनआरएन र नेपाल वेयरहाउजीङका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । त्यस्तै, पाँच कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् ।

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार