images
images

अनलाइनबाट सेयर कारोबार गर्नेको संख्या १९ लाख नाघ्यो

अनलाइनबाट सेयर कारोबार गर्नेको संख्या १९ लाख नाघ्यो

बुधवार, माघ ३ २०८०
बुधवार, माघ ३ २०८०
  • अनलाइनबाट सेयर कारोबार गर्नेको संख्या १९ लाख नाघ्यो

    काठमाडौँ / दोस्रो बजारमा शेयर कारोबार गर्न ट्रेड मेनेजमेन्ट सिस्टम (टीएमएस) लिनेको संख्या १९ लाख नाघेको छ । 

    images
    images

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अनुसार चालू आर्थिक वर्ष (आव) २०८०/८१ को माघ २ गते मंगलबारसम्ममा दोस्रो बजारमा सेयर कारोबारका लागि अनलाइन प्रणााली ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) खोल्नेको संख्या १९ लाख २ हजार ४७७ ले टीएमएसको युजरनेम र पासवर्ड लिएका  हुन् । २०७९ वैशाखमा टीएमएस खोल्नेको संख्या १२ लाख ३५ हजार थियो ।

    धितोपत्र खरिदबिक्रीका लागि लगानीकर्तालाई ब्रोकर तथा नेप्सेको प्रणालीमा जोड्ने विद्युतीय माध्यम टीएमएस हो । टीएमएसबाट लगानीकर्ताले खरिद तथा विक्री आदेश प्रविष्ट गर्न सक्छन् ।

    टीएमएसमा आवद्ध हुनका लागि पहिले ब्रोकर कार्यालयमा गई खाता खोल्नुपर्छ । लगानीकर्ताले सेयर ब्रोकर मार्फत टिएमएसको युजरनेम र वासवर्ड लिएपछि मात्रै दोस्रो बजारमा सजिलै विभिन्न धितोपत्रहरु किन्न वा बेच्न सकिन्छ । आईपीओ परेपछि सो बिक्रीका लागि पनि टीएमएसको युजरनेम र पासवर्ड लिएर लगइन गरी सो प्रणालीमार्फत मात्रै बिक्री गर्न पाइन्छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार