images
images

सेयर बजारमा करेक्सन : पौने १० अर्बको कारोबारमा हिमालयन रिइन्स्योरेन्सको हिस्सा सर्वाधिक

सेयर बजारमा करेक्सन : पौने १० अर्बको कारोबारमा हिमालयन रिइन्स्योरेन्सको हिस्सा सर्वाधिक

बुधवार, माघ ३ २०८०
बुधवार, माघ ३ २०८०
  • सेयर बजारमा करेक्सन : पौने १० अर्बको कारोबारमा हिमालयन रिइन्स्योरेन्सको हिस्सा सर्वाधिक

    काठमाडौँ / मङ्गलबार ५४ अङ्कले बृद्धि भएको बजार बुधबारमा भने करेक्सन देखिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यो दिन नेप्से परिसूचक १२.१० अङ्क अर्थात ०.५५ प्रतिशतले घटेर १ हजार १६३.०६ बिन्दुमा झरेको हो । नेप्सेसँगै आज सेन्सेटिभ इन्डेक्स पनि १.११ अङ्कले घटेर ३९६.३१ बिन्दुमा सीमित भएको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४५ अङ्कले घटेर १३१.१४ बिन्दुमा झरेको छ । 
    मङ्गलबार भने परिसूचक ५४ अङ्कले बढेर २ हजार १७५.१७ बिन्दुमा उक्लिएको थियो । 

    images
    images

    अघिल्लो कारोबार दिन २१४ कम्पनीको सेयर मूल्य बृद्धि भएको थियो भने ३१ कम्पनीको घटेको थियो । यो दिन भने ६३ ओटा मात्रै कम्पनीको सेयर मूल्य बृद्धि भएको देखिन्छ । १८० ओटा कम्पनीका लगानीकर्ताहरूले भने आज गुमाएका छन् । बजार बढेसँगै नाफा बुक गर्नेहरू सक्रिय भएको कारण बुधबार बजार घटेको देखिन्छ । 

    यो दिन ३ सय ओटा कम्पनीको ३ करोड ३५ लाख २५ हजार ७०२ कित्ता सेयर २ लाख १० हजार ४७१ पटकमा खरिद बिक्री भएको छ । बुधबार कुल ९ अर्ब ७६ करोड ८९ लाख ६९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने बजार पुँजीकरण रकम ३३ खर्ब ९७ अर्ब ४१ करोड १८ लाख रुपैयाँ पुगेको छ । 

    बुधबार बैङ्किङ उपसमूह, विकास बैङक समूह, लघुवित्त र अन्य समूहबाहेक सबै समूहको परिसूचक घटेको देखिन्छ । यो दिन अन्य समूहको परिसूचक सर्वाधिक बढी १.९४ प्रतिशतले बृद्धि भएको देखिन्छ भने त्यसपछि बैङ्किङ उपसूहको परिसूचक ०.४० प्रतिशतले बढेको छ । यसैगरी विकास बैङ्क समूहको ०.१९ प्रतिशत र लघुवित्त समूहको ०.२८ प्रतिशतले बढेको छ । 

    यसैगरी आज वित्त समूहको परिसूचक भने सर्वाधिक बढी ३.५१ प्रतिशतले घटेको छ । यसैगरी हाइड्रो पावर समूहको परिसूचक २.८० प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १.९४ प्रतिशत, जीवन बीमा समूहको १.१९ प्रतिशत, लगानी समूहको १.२७ प्रतिशत, व्यापार समूहको १.६१ प्रतिशत, निर्जीबन बीमा समूहको ०.२९ प्रतिशत, म्युचुअल फण्डको ०.४८ प्रतिशत र होटल तथा पर्यटन समूहको परिसूचक १.४१ प्रतिशतले घटेको छ । 

    घटेको बजारमा आज तीन ओटा कम्पनीको परिसूचक सर्किट लेभलमा बृद्धि भएको देखिन्छ । बुधबार ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको सेयर मूल्य सर्वाधिक बढी १० प्रतिशतले बढेको हो । सेयर मूल्य बढेसँगै ग्लोबल आइएमई लघुवित्त कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९ सय ९७ रुपैयाँ ८० पैसा र नेपाल वेयरहाउजिङको ९ सय ५७ रुपैयाँ ४० पैसा पुगेको छ । 

    यसैगरी, हिमालयन रिइन्स्योरेन्सको सेयर मूल्य पनि ९.९९ प्रतिशत अर्थात प्रतिकित्ता ५४ रुपैयाँ ७० पैसाले बृद्धि भएर ६०२ रुपैयाँ २० पैसा पुगेको छ । यसैगरी गरिमा डिवेन्चर २०८५ को सेयरमूल्य पनि ९.८९ प्रतिशतले बृद्धि भएको छ ।  यता, दुई ओटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी र इस्र्टन हाइड्रो पावरका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका हुन् । यी कम्पनीहरूको सेयर मूल्य आजको अन्तिम कारोबार अवधिसम्म प्रतिकित्ता क्रमशः ३३९ रुपैयाँ ३० पैसा र ४२९ रुपैयाँ ३० पैसा कायम भएको छ । 

    सेयर मूल्य सर्किट लेभलमा बृद्धि भएको हिमालयन रिइन्स्योरेन्स कम्पनीको कारोबार रकम पनि सर्वाधिक बढी भएको देखिएको छ । उक्त कम्पनीको आजको सेयर कारोबार रकम ६५ करोड ८४ लाख ९० हजार रुपैयाँ बराबर भएको नेप्सेले जनाएको छ । त्यस्तै, न्गडी ग्रुप पावर लिमिटेडको ३३ करोड १६ लाख ८६ हजार रुपैयाँ, सोनापुर मिनरल्स एण्ड वयल लिमिटेडको २९ करोड ८२ लाख १० हजार, मुक्तिनाथ कृषि कम्पनीको २४ करोड ५० लाख २७ हजार रुपैयाँ र नेपाल इन्फ्रास्ट्रक्चर बैङ्कको सेयर कारोबार रकम २३ करोड ८९ लाख ५५ हजार रुपैयाँ रहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार