images
images

माघ महिनामा जीवन बीमा कम्पनीले आर्जन गर्यो २ अर्ब २९ करोड प्रथम बीमा शुल्क, कुन कम्पनीको कति ? (सूचीसहित)

माघ महिनामा जीवन बीमा कम्पनीले आर्जन गर्यो २ अर्ब २९ करोड प्रथम बीमा शुल्क, कुन कम्पनीको कति ? (सूचीसहित)

शुक्रवार, फागुन ११ २०८०
शुक्रवार, फागुन ११ २०८०
  • माघ महिनामा जीवन बीमा कम्पनीले आर्जन गर्यो २ अर्ब २९ करोड प्रथम बीमा शुल्क, कुन कम्पनीको कति ? (सूचीसहित)

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को माघ महिनामा मात्रै जीवन बीमा कम्पनीहरुले २ अर्ब भन्दा बढी प्रथम बीमा शुल्क आर्जन गरेका छन् । 

    images
    images

    नेपाल बीमा प्राधिकारणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले एक महिनामा मात्रै २ अर्ब २९ करोड ३२ लाख रुपैयाँ भन्दा बढी प्रथम बीमा शुल्क आर्जन गरेका हुन् । उक्त समयमा यी कम्पनीहरूले ४ लाख ४८ हजार ६६६ वटा बिमा शुल्क जारी गरेका छन् । 

    माघ महिनामा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै प्रथम बीमा शुलक  संकलन गरेको छ । यस अवधिमा कम्पनीले ५२ करोड ७६ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

    यस्तै, नेशनल लाइफले ३६ करोड ५७ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । सूर्यज्योति लाइफले १८ करोड ६९ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । सिटिजन लाइफले १५ करोड ९० लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

    त्यसैगरी, आइएमई लाइफले ९ करोड ४९ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । प्रभु महालक्ष्मी लाइफले ५ करोड २२ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले ३ करोड ३५ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार