images
images

माघसम्ममा जीवन बीमा कम्पनीहरुले आर्जन गरे ८६ अर्ब ८८ करोड कूल बीमा शुल्क, कुन कम्पनीले कति ? (सूचीसहित)

माघसम्ममा जीवन बीमा कम्पनीहरुले आर्जन गरे ८६ अर्ब ८८ करोड कूल बीमा शुल्क, कुन कम्पनीले कति ? (सूचीसहित)

माघ मसान्तसम्ममा १४ जीवन बीमा कम्पनीहरुले १ करोड ३७ लाख ७३ हजार ३१५ वटा बीमा शुल्क जारी गरेका छन् ।

शुक्रवार, फागुन ११ २०८०
शुक्रवार, फागुन ११ २०८०
  • माघसम्ममा जीवन बीमा कम्पनीहरुले आर्जन गरे ८६ अर्ब ८८ करोड कूल बीमा शुल्क, कुन कम्पनीले कति ? (सूचीसहित)

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को माघ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले ८६ अर्ब ८८ करोड भन्दा बढी कूल बीमा शुल्क आर्जन गरेका छन् । 

    images
    images

    नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको माघ मसान्तसम्ममा हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले ८६ अर्ब ८८ करोड ८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् । उक्त समयमा यी कम्पनीहरूले १ करोड ३७ लाख ७३ हजार ३१५ वटा बीमा शुल्क जारी गरेका छन् । 

    माघ मसान्तसम्ममा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कुल बीमा शुल्क  संकलन गरेको छ । यस अवधिमा कम्पनीले २३ अर्ब २० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । 

    यस्तै, एलआइसी नेपालले १० अर्ब १४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने, नेशनल लाइफले यस अवधिमा १० अर्ब ५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

    त्यस्तै, हिमालयन लाइफले ९ अर्ब ९१ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सूर्यज्योति लाइफले५ अर्ब ३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ९८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । एशियन लाइफले ४ अर्ब ४३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सानिमा रिलायन्स लाइफले ३ अर्ब ३८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

    अन्य कुन कम्पनीले कति ? 

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार