images
images

सेरेसको थ्रि एस सुविधासहितको शोरुम बुटबलको कालीका नगरमा, कुन गाडीको मूल्य कति ?

सेरेसको थ्रि एस सुविधासहितको शोरुम बुटबलको कालीका नगरमा, कुन गाडीको मूल्य कति ?

आइतवार, फागुन १३ २०८०
आइतवार, फागुन १३ २०८०
  • सेरेसको थ्रि एस सुविधासहितको शोरुम बुटबलको कालीका नगरमा, कुन गाडीको मूल्य कति ?

    बुटवल / विद्युतीय सवारी साधनको क्षेत्रमा नेपालकै शीर्षस्थान ब्रान्ड बन्ने उद्देश्यका साथ बुटबलको कालीका नगरमा सेरेसले आफ्नोे अत्याधुनिक शोरुमको उद्घाटन गर्दै आफ्नो सञ्जाललाई बलियो बनाएको छ । कम्पनीले बुटबलमा थ्रि एस (सेल्स, सर्भिस र स्पेयर पार्टस्) शोरुम स्थापना गरेको हो । 

    images
    images

    नेपालमा सेरेस इभीहरूको आधिकारिक वितरक एमएडब्लू बृद्धि अटो कर्पले बुटवलमा डिलरसिपका लागि इ एम मोटर्ससँग साझेदारी गरेको हो ।

    शोरुमले ब्रान्डको पहुँचलाई थप वृद्धि गर्ने तथा उत्साही र सम्भावित ग्राहकहरूलाई सेरेस इभीको अन्वेषण गर्ने हबको रूपमा काम गर्नेछ ।
    अग्रज उद्यमीहरूलगायत अन्य महत्वपूर्ण व्यक्तित्वहरूको उपस्थिति रहेको उद्घाटन समारोहमा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरीप्रसाद अर्याल, नाडा रूपन्देहीका अध्यक्ष गणेश भटराई, एमएडब्लू वृद्धि अटोकोर्प का बिजनेस हेड प्रशन्न पन्त, इएम मोटसका डाइरेक्टर राजेश घिमीरेलगायतले सोरुमको  उदघाटन गरेका थिए । 

    रूपन्देहीमा इलेक्ट्रिक चारपाङ्ग्रे सवारी साधनको माग बढदै गएको  भन्दै रूपन्देहीमा सेरेस गाडी लोकपिय  हुने बिश्वास ब्यक्त गरे  ।  
      
    शोरुम उद्घाटनको अवसरमा एक जना ग्राहकलाई इएम मोटर्सले सेरेस थ्रि इभी गाडी हस्तान्तरण गरेको छ । सेरेसले सन् २०२३ मा विश्वको सबैभन्दा दु्रत विकास हुँदै गरेको अटोमोबाइल ब्रान्डहरूमध्ये एकको रूपमा मान्यता प्राप्त गरेको छ । 

    जसले विद्युतीय सवारी साधनहरूमा गुणस्तर र नवीनताप्रति आफ्नो प्रतिबद्धता देखाएको छ । हुवाएसँगको साझेदारीले उन्नत विद्युतीय सवारी प्रविधिप्रतिको सेरेसको समर्पणलाई अझै प्रगाढ बनाएको छ ।

    सेरेसलाई ब्रान्ड फाइनान्स अटोमोटिभ उद्योगले २०२३ मा विश्वको सबैभन्दा छिटो बढ्दै गरेको अटोमोबाइल ब्रान्डको रूपमा मान्यता दिएको छ ।

    सेरेस युरोप प्रवेश गर्ने पहिलो चिनियाँ अटोमेकर हो र यो २१ युरोपेली राष्ट्रहरूसहित विश्वका करिब ७० देशहरूमा अवस्थित छ जसमा नेपाल ७१औँ गौरवशाली स्थान बनेको छ ।

    सेरेस हुवाएको निर्माण साझेदार हो र यसले सन् २०२६ सम्ममा १० लाख इभी उत्पादन गर्ने लक्ष्य राखेको छ ।

    News.jpg

    संयुक्त राज्य अमेरिकाको सिलिकन भ्यालीको मुटुमा स्थापित सेरेसले चीन, जापान र अमेरिकामा अवस्थित तीनवटा आर एन्ड डी केन्द्रहरूसँग अनुसन्धान र विकासको लागि आफ्नो प्रतिबद्धता प्रदर्शन गर्दछ ।

    नेपालमा सेरेसले सेरेस ३ र सेरेस मिनी इभी गरी दुइवटा मोडलहरू उपलब्ध गराउँछ ।

    सेरेस ३ कम्फर्ट र प्रिमियम दुई भेरियन्टहरुमा उपलब्ध छ जसको मूल्य क्रमशः ४९ लाख ९९ हजार रुपैयाँ र ५२ लाख ९९ हजार रुपैयाँबाट सुरु हुन्छ ।

    सेरेस मिनी इभी तीन भेरियन्टमा उपलब्ध छन् । लो ट्रिम १८० किमी बेस अप्सन, मिड ट्रिम १८० किमी फुल अप्सन र टप ट्रिम २२० किमी फुल अप्सन, जसको मूल्य क्रमशः १३ लाख ९९ हजार रुपैयाँ, १६ लाख ४९ हजार रुपैयाँ र १७ लाख ९९ हजार रुपैयाँ रहेको छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार