images
images

सर्वोत्तम सिमेन्टको आइपीओ बाँडफाँड कहिले हुँदैछ ?

सर्वोत्तम सिमेन्टको आइपीओ बाँडफाँड कहिले हुँदैछ ?

आइतवार, फागुन २० २०८०
आइतवार, फागुन २० २०८०
  • सर्वोत्तम सिमेन्टको आइपीओ बाँडफाँड कहिले हुँदैछ ?

    काठमाडौँ / सर्वोत्तम सिमेन्ट लिमिटेडको आइपीओ बाँडफाँड यसै साता भित्र हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार यस कम्पनीको प्री–अलोटमेन्ट आज आतबार हुने भएको छ । 

    images
    images

    प्री–अलोटमेन्ट सम्पन्न भएसँगै यसै साता भित्र अर्थात फागुन २३ गते बुधबार आइपीओ बाँडफाँड गर्ने योजना रहेको बिक्री प्रबन्धकले जनाएको हो । 

    कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १९.३२ गुणा अर्थात १० लाख १२ हजार ३८४ जनाले आवेदन दिएका थिए । कम्पनीको आइपीओमा ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ताका लागि १९ अर्ब ३५ करोड ६५ लाख ६ हजार रुपैयाँ बराबरको आवेदन परेको हो ।

    कम्पनीले फागुन १३ गतेदेखि आइपीओ निष्काशन गरेको थियो । कम्पनीले यसअघि उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गरी बाँडफाँड गरिसकेको छ ।

    शेयर निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्रदान गरेको छ। यसले समयमा नै सुरक्षित रुपले वित्तयि दायित्व बहन गर्न मध्यम स्तरको क्षमता रहेको कम्पनी हो भन्ने बुझिन्छ।

    कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार