images
images

खुशी लिम्बु र गरिमा शर्मा अभिनित ‘बर्षगाँठको शुभकामना’ म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

खुशी लिम्बु र गरिमा शर्मा अभिनित ‘बर्षगाँठको शुभकामना’ म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

आइतवार, फागुन २० २०८०
आइतवार, फागुन २० २०८०
  • खुशी लिम्बु र गरिमा शर्मा अभिनित ‘बर्षगाँठको शुभकामना’ म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

    काठमाडौं / कला र ग्लामर क्षेत्रमा नवप्रवेशी खुशी लिम्बुले अभिनेत्री तथा मोडल शर्मासँग अभिनय गरेको आफ्नो म्युजिक भिडियो सार्वजनिक गरेका छन् । 

    images
    images

    पत्रकारिता, समाजसेवा र एनआरएन अभियन्ता लिम्बूले यसअघि आफ्नै स्वर र अभिनयको प्रस्तुति मैच्याङको गालाको कोठी गीतले निकै चर्चा बटुलिसकेको छ ।

    लिम्बूको दोश्रो प्रस्तुति बर्षगाँठको शुभकामना गीतको संगीत संगीतकार तारा प्रकाश लिम्बुले संगीत भरेका हुन् । प्रस्तुत युगल गीतमा संगीतकार तारा प्रकाश लिम्बू आफैंले स्वर भरेका छन् भने महिला स्वरमा चर्चित गायिका अन्नु चौधरीको आवाज सुन्न सकिन्छ ।

    निर्देशक सुरेश पाण्डे द्वारा निर्देशित बर्षगाँठको शुभकामना साँगीतिक भिडियोलाई खुशी लिम्बू दम्पत्तीले शताब्दीको एक चौथाईको आफ्नो प्रेमको उदाहरणीय नमूना भनेका छन् ।

    म्युजिक भिडियोको दृष्यमा विशेषगरी युगल दम्पत्तीको घर र प्रेमभावलाई दर्शाइएपनि पृष्ठभूमिमा काठमाण्डौं उपत्याका एक भाग समेत देखाइएको छ । 

    भिडियोको छायाङ्कन बरिष्ठ छायाँकार सौरभ लामा, र हिमाल श्रेष्ठले गरेका हुन् । त्यस्तै श्रृङुगार सञ्जू थल्लङ गरेका हुन् भने प्रोडक्सन म्यानेजर मनोज जोशी हुन् ।

    सांगीतिक क्षेत्रमा अहिले सबैभन्दा ब्यस्त गीतकार जानु काम्बाङ लिम्बुको रचनाले गीत, भिडियो र प्रेमभावबीच उत्कृष्ट संयोजन गरेको छ । सबै सर्जकहरुको संयुक्त प्रतिभाले गीत, संगीत र भिडियोलाई जीवन्तता प्रदान गरेको छ ।

    म्युजिक भिडियोको विशेष आकर्षण अभिनेत्री तथा मोडल गरिमा शर्मा हुन् । उनको अभिनय, शैली र सुन्दरताले बर्षगाँठको शुभकामना म्युजिक भिडियोले दम्पत्तीबीचको प्रेमलाई मूर्तता दिएको छ ।

    लिम्बू दम्पत्तीले भिडियोको अन्त्यमा सबै सर्जक र सहयोगीहरुप्रति कृतज्ञता ज्ञापन गरेका छन् भने आफ्ना परिवार, साथीहरू र शुभचिन्तकहरुलाई विगत २५ बर्षसम्मको यात्राको प्रोत्साहन र शक्तिको श्रोत भनी उल्लेख गरेका छन् ।

    बर्षगाँठको शुभकामना गीत र भिडियो हाम्रो प्रेमको शक्ति र दिर्घकालीन प्रतिबद्धताको सुन्दर प्रमाण हो। यो म्युजिक भिडियोलाई सबै खाले दर्शकहरूले मन पराउने, सबै मायालू जोडीहरुलाई यो गीत र भिडियो प्रेरणाको श्रोत हुने आशा व्यक्त गरेका छन् ।

    बर्षगाँठको शुभकामना, म्युजिक भिडियोलाई एचडी र फोरके क्वालिटीमा खुशी लिम्बु युट्युब च्यानलमा (बर्षगाँठको) शुभकामना ह्यासट्यागमा हेर्न सकिन्छ । साथै, गीत फेसबूक रील, इन्टाग्राम रील, टिकटोक र आमेजन जस्ता अडियो प्लेटफार्महरुमा समेत उपलब्ध भइसकेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार