images
images

नेप्से परिसूचकमा सर्किट ब्रेक लागेपछि किन हुँदैन सेयर कारोबार ? के हो यो ?

नेप्से परिसूचकमा सर्किट ब्रेक लागेपछि किन हुँदैन सेयर कारोबार ? के हो यो ?

सोमवार, फागुन २१ २०८०
सोमवार, फागुन २१ २०८०
  • नेप्से परिसूचकमा सर्किट ब्रेक लागेपछि किन हुँदैन सेयर कारोबार ? के हो यो ?

    काठमाडौँ / लगातार घटिरहेको सेयर बजारमा सोमबार भने तीन पटक सर्किट ब्रेक लागेपछि कारोबार नै बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार ४ प्रतिशतले बजार बढेपछि पहिलो पटकका लागि २० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो ।

    images
    images

    त्यसपछि खुलेको बजारमा परिसूचक ५ प्रतिशतले बढेपछि दोस्रो पटक पुनः ४० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो । त्यसपछि पुनःकारोबार सुरु भएको नेप्से परिसूचकमा ६ प्रतिशतको वृद्धि भएपछि आजका लागि कारोबार नै स्थगित भयो ।  

    आजको कारोबारमा नेप्से परिसूचक ११७.७० अङ्कले उकालो लागेर २ हजार ७८ मा पुगेको छ भने रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीसहित पाँच कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

    आज विभिन्न दुई सय ३७ कम्पनीका  नौ लाख ३४ हजार नौ सय १९ कित्ता सेयर रु ३७ करोड ५२ लाख नौ हजार नौ सय ७८ मूल्यमा कारोबार भएका छन् । 

    कारोबार भएकामध्ये दुई सय ३० कम्पनीको शेयर मूल्य उकालो लाग्दा दुई कम्पनीको मात्रै सेयर मूल्य घटेको छ । आइतबारसम्मको कारोबारमा बजार पुँजीकरण रकम घटेर ३० खर्ब ८१ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ कायम भएको थियो । 

    सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार नेपालमा ६२ लाख डिम्याट खाता रहेका छन् । सबै डिम्याट प्रयोगकर्ताहरू भने दोस्रो बजारमा कारोबार गर्दैनन् । 

    छोटो समयमा राम्रो लाभ लिन सकिने भएपछि सेयर बजारमा आकर्षण बढ्दो छ । यद्यपि पछिल्लो समय सेयर बजारमा निरन्तर गिरावट आएपछि लगानीकर्ताहरू निरास बन्दै गइरहेका थिए । 
    आइतबार दोहोरो अङ्कले घटेको बजारमा सोमबार भने रौनतकता छाएको हो ।

    यो दिन सेयर बजारमा उछाल आउनुको कारण भने सत्ता गठबन्धन फेरिनुलाई मानिएको छ । सत्ता परिवर्तनको हलचलले बजारलाई प्रभाव पारेको हुनसक्ने लगानीकर्ताहरू बताउँछन् । 

    किन लाग्छ सर्किट ब्रेक ? 

    आज (सोमबार) सेयर बजारमा सेयर किन्न खोज्नेहरू धेरै भए पनि धेरै लगानीकर्ताहरूले बिक्री गरेनन् । यो दिन बजार धेरै बढेका कारण सर्किट ब्रेक लागेको हो । बजार धेरै घट्दा पनि सर्किट ब्रेक लाग्छ ।

    सेयर बजार तीव्र गतिमा उकालो लाग्दा वा ओरालो लाग्दा लगानीकर्तालाई धेरै असर नपरोस् भन्नका लागि निश्चित प्रतिशतको उतार-चढावमा कारोबार स्थगन गर्ने प्रणाली नै सर्किट ब्रेक हो ।

    नेप्सेले बजारको उतारचढावलाई नियन्त्रण गर्नको लागि सर्किट ब्रेकको व्यवस्था २०६४ देखि सुरु गरेको हो । २०६४ सालदेखि सुरु भएको व्यवस्थामा केही बुँदाहरू भने परिमार्जित भएका छन् ।

    पछिल्लो समय २०७५ चैत १९ गतेदेखि लागु भएको नयाँ व्यवस्था अनुसार नेप्सेमा सर्किट ब्रेक लागिरहेको छ । यो व्यवस्था सुरु हुनुअघि सेयर बजारमा एकैदिन जति पनि घटबढ हुनसक्ने व्यवस्था थियो ।

    सो व्यवस्थाअनुसार कारोबार सुरु भएको पहिलो एक घण्टामा चार प्रतिशतले घटे वा बढेमा १५ मिनेटसम्म सर्किट ब्रेक लाग्ने भएको छ । 

    यस्तै दोस्रो घण्टामा पाँच प्रतिशतले घटे वा बढेमा ३० मिनेट तथा तेस्रो घण्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार स्थगित गर्ने व्यवस्था छ ।

    यो व्यवस्थापछि एकै दिनमा नेप्से परिसूचक ६ प्रतिशत भन्दा बढी बढ्न वा घट्न सक्दैन । समग्र बजारमामात्रै होइन सर्किट ब्रेकरको व्यवस्था नेप्सेले कम्पनीहरूमा समेत लगाएको छ । 

    कुनै कम्पनीको शेयर मूल्य १० प्रतिशत घटबढ भएमा सर्किट ब्रेक लगाइन्छ । कुनै एक कम्पनीको सेयर मूल्यमा सर्किट लाग्दा अरु कम्पनीको कारोबार भने रोकिदैन ।

    आजको कारोबार पनि नेप्से परिसूचक ६ प्रतिशतले बढेका कारण कारोबार नै बन्द भएको हो ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार