images
images

कार्यालयको हिलाम्मे बाटो भाइरल भएपछि सडक विभागले भन्यो– वास्तविकता नबुझी स्वघोषित विज्ञ नबन

कार्यालयको हिलाम्मे बाटो भाइरल भएपछि सडक विभागले भन्यो– वास्तविकता नबुझी स्वघोषित विज्ञ नबन

सोमवार, फागुन २१ २०८०
सोमवार, फागुन २१ २०८०
  • कार्यालयको हिलाम्मे बाटो भाइरल भएपछि सडक विभागले भन्यो– वास्तविकता नबुझी स्वघोषित विज्ञ नबन

    काठमाडौँ / विगत २४ घण्टामा सडक विभाग परिसर हुदै जाने सडकका बारेमा तस्वीर नै राखी सामाजिक सञ्जालमा आएका प्रतिक्रिया प्रति सडक डिभिजन काठमाडौँले खेद प्रकट गरेको छ ।

    images
    images

    फागुन २० गते आइतबारको काठमाडौँउपत्यका लगायत देशको विभिन्न भेगमा परेको सामान्य झरी परेको थियो । उक्त झरीले मिनधवन, काठमार्डाँ विभागको कार्यालय परिसरभित्रैको सडक हिलाम्मे भएको तस्वीर हाल सामाजिक सञ्जालमा भाइरल भएको छ । त्यसप्रति असन्तुष्टि जनाउँदै विभागले वास्तविकता नबुझी स्वघोषित विज्ञ नबन्न चेतावनी दिएको हो । 

    विभागले चालु आर्थिक वर्षमा बजेट कम भएका कारण यो सडक स्तरोन्नती गर्न सडक बोर्डतर्फको बजेटबाट ठेक्का गरिएको बताएको छ । यो काम यसै वर्ष सकिने गरी १६ माघमा सम्झौता भइसकेको छ विभागले बताएको छ ।

    २०७२ सालको भूकम्पका कारण जीर्ण बनेको बबरमहल प्रवलीकरणको काम गर्न ठेक्का लगाए पनि सडकको काम सो ठेक्काभित्र समावेश नभएको विभागले जनाएको छ ।

    ‘यस डिभिजनसँग सडक विभागको परिसरमा स्तरोन्नति गर्ने कामका निमित्त सम्झौता गरेको निर्माण व्यवसायीले १९ फागुनमा (शनिबार) सबग्रेडको तयारी गरेको भोलिपल्ट आएको वर्षाको कारण सडक हिलो भएको विषयलाई सडक विभागकै प्रतिष्ठासँग जोडि अतिरञ्जित गर्नु खेदजनक छ,’ विभागले भनेको छ ।

    सो सडकको निर्माणलाई प्राथमिकतामा राखिएको र निर्माण व्यावसायी पनि समय अगावै निर्माण सम्पन्न गर्ने गरी काम सुरु गरिरहेको विभागको दाबी छ ।

    ‘सामाजिक सञ्जालमा आएका यस किसिमका अतिरञ्जित प्रतिकृयाप्रति सजग रही वास्तविकता बुझेर मात्र प्रतिक्रिया दिन सरोकारवाला तथा सर्वसाधारणमा सडक डिभिजन काठमाडौं हार्दिक अपिल गर्दछ,’ सूचना भनिएको छ ।

    हेर्नुहोस् विभागको विज्ञप्तिः

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार