images
images

विश्वका धनाढ्यको सूचीमा तेस्रो स्थानमा झरे एलन मस्क, पहिलो र दोस्रो को ?

विश्वका धनाढ्यको सूचीमा तेस्रो स्थानमा झरे एलन मस्क, पहिलो र दोस्रो को ?

बुधवार, फागुन २३ २०८०
बुधवार, फागुन २३ २०८०
  • विश्वका धनाढ्यको सूचीमा तेस्रो स्थानमा झरे एलन मस्क, पहिलो र दोस्रो को ?

    एलन मस्क अब विश्वको सबैभन्दा धनाढ्य व्यक्ति रहेनन् । ब्लुमबर्गले सार्वजनिक गरेको विश्वका सर्वाधिक धनीको सूचीमा मस्क दोस्रो स्थानबाट तेस्रो स्थानमा झरेका हुन्। सर्वाधिक धनीको सूची अनुसार विश्वका शीर्ष धनाढ्यहरुको सम्पत्तिमा मंगलबार भारी गिरावट आएको देखिएको हो । 

    images
    images

    पछिल्लो २४ घन्टामा जेफ बेजोसले ३.२५ अर्ब डलर र बर्नार्ड अर्नाल्टले २.१६ अर्ब डलर गुमाएका छन् भने एलन मस्कको सम्पत्ति ५.२९ अर्ब डलरले घटेको छ। मार्क जुकरबर्गको सम्पत्ति पनि २.७९ अर्ब डलरले घटेर १७६ अर्ब डलरमा झरेको छ।

    त्यस्तै बिल गेट्सको सम्पत्ति १.०९ अर्ब डलरले घटेर १४९ अर्ब डलरमा र स्टिभ बाल्मरको सम्पत्ति ३.९२ अर्ब डलरले घटेर १३९ अर्ब डलरमा झरेको छ। 

    वारेन बफेटको कुल सम्पत्ति घटेर १३२ अर्ब डलरमा खुम्चिएको छ। ल्यारी एलिसनको सम्पत्ति २.९६ अर्ब डलरले घटेर १२६ अर्ब डलर, ल्यारी पेजको कुल सम्पत्ति ४२८ लाख डलरले घटेर १२२ अर्ब डलर र सर्गेई ब्रिनको कुल सम्पत्ति ३३६ लाख डलरले घटेर ११६ अर्ब डलरमा झरेको छ।

    सम्पत्तिमा आएको गिरावटसँगै विश्वका शीर्ष १० अर्बपतिको सूचीमा ठूलो उथलपुथल भएको छ। पछिल्लो ४८ घन्टामा सबैभन्दा ठूलो क्षति टेस्ला र स्पेसएक्सजस्ता ठूला कम्पनीका सीईओ एलन मस्कले व्यहोरेका छन्। 

    यो दुई दिनमै एलन मस्क विश्वको नम्बर १ धनीव्यक्तिको स्थानबाट झरेर तेस्रो स्थानमा पुगेका छन्। उनको कुल सम्पत्ति पनि १९२ अर्ब डलरमा झरेको छ।

    अमेजनका संस्थापक जेफ बेजोसले मस्कबाट विश्वको नम्बर १ धनीको कुर्सी खोसेको भोलिपल्टै फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्टले मस्कलाई दोस्रो स्थानबाट हटाएर आफू माथि उक्लिए। 

    मस्कका लागि २०२४ को सुरुआत सुखद् हुन सकेको छैन। यो वर्ष अहिलेसम्म उनको कुल सम्पत्ति ३६.६ अर्ब डलरले घटेको छ।

    भारतका कुनै पनि अर्बपति शीर्ष १० मा परेनन् ! 

    यस सूचीमा भारतका कुनै पनि अर्बपति शीर्ष १० मा परेका छैनन्। रिलायन्स इंडस्ट्रीजका अध्यक्ष मुकेश अम्बानी ११५ अर्ब डलरको कुल सम्पत्तिका साथ ११ औं स्थानमा छन्। अर्का धनाढ्य गौतम अडानी सूचीमा १२ औं स्थानमा छन् । उनको कुल सम्पत्ति १०४ बिलियन डलर छ।

    नेपाल ५०० अर्बपतिकाे सूचीमा अटाएन

    तर नेपाल भने ब्लूमबर्गले सार्वजनिक गरेकाे अर्बपतिहरूकाे सूचीमा अटाउन सकेन । नेपालका व्यवसायी विनाेद चाैधरीकाे नाम समेत याे सूचीमा देखिएन। नेपालका पहिलाे अर्बपति विनाेद चाैधरी फाेर्ब्सकाे सूचीमा भने १६७३ औं स्थानमा रहेका छन् । उनकाे १.८ बिलियन डलरकाे सम्पत्ति रहेकाे छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार