images
images

आज महाशिवरात्रि पर्व : पशुपतिनाथ सहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो (फोटोफिचर)

आज महाशिवरात्रि पर्व : पशुपतिनाथ सहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो (फोटोफिचर)

शुक्रवार, फागुन २५ २०८०
शुक्रवार, फागुन २५ २०८०
  • आज महाशिवरात्रि पर्व : पशुपतिनाथ सहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो (फोटोफिचर)

    काठमाडौँ / आज महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदै छ । महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ ।

    images
    images

    महाशिवरात्री अथवा शिवरात्री हिन्दु धर्मावलम्बीहरुको चाड हो। भगवान शिवको उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्री मध्ये एक पवित्र पर्वका रूपमा बिभिन्न पुराणहरूमा वर्णित छ।

    फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष (छिटै खुसी हुने) भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ। 

    व्रत उत्सव मध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रीका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा(अर्चना गरि व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र भगवानलाई चढाउने गर्दछन्।

    हेनुस् तस्बिरहरू 

    काठमाडौँ महानगरपालिका –१६, गुम्बास्थित तारकेश्वरधामको शिव मन्दिरमा पूजा गर्दै भक्तजन ।

    महाशिवरात्रिका अवसरमा शुक्रबार आराध्यदेव भगवान् पशुपतिनाथको  पूजा आराधना एवं दर्शन गर्न मन्दिरको पूर्वपट्टीको  ढोकाबाट मन्दिरतर्फ जाँदै भक्तजन । 

    पोखराको प्रसिद्ध विन्ध्याबासिनी मन्दिरमा पूजाआजा गर्दै भक्तजनहरु ।

    सिद्धार्थनगर नगरपालिका– ८ मा रहेको प्रसिद्ध शिवालयमा जलार्पण गर्न बिहानैदेखि भक्तजनको घुइँचो । 

    धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–७, महादेव मठस्थित क्षीरेश्वरनाथ महादेव मन्दिरमा शुक्रबार गाईको दूध, बेलपत्र चढाउन र पूजा आराधना गर्न भक्तजनको भीड ।

    धनगढीको शिवपुरी उत्तररामेश्वरम् ज्योतिर्लिङ्ग धाममा दर्शन आएका भक्तजनहरु । 

    2.JPGकञ्चनपुरको महेन्द्रनगरस्थित शिवधाममा शुक्रबार बिहान पुजाअर्चनाका लागि लामबद्ध श्रद्धालु भक्तजन । शिवरात्रिको दिन यहाँ दिनभर श्रद्धालुको भीड लाग्ने गरेको छ । 

    1 (9).jpgदाङको घोराही उपमहानगरपालिका –५ धारापानी धाममा सहभागी भक्तजन ।

    3.JPGपोखरा फेवाताल किनारामा रहेको केदारेश्वर महादेव मन्दिरमा भक्तजनको भिड । शिवालयहरुमा आज विहानैदेखि गाईको दूध, बेलपत्र चढाउन भक्तजनको भीड लागेको छ ।

    2.JPGधनगढीको शिवपुरी उत्तररामेश्वरम् ज्योतिर्लिङ्ग धाममा रहेको शिवलिङ्गमा पूजा गर्दै भक्तजन । 

    1.JPGसुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइलीस्थित शिव मन्दिरमा रहेको एउटै ढुङ्गाले बनेको भगवान् शिवको अर्धनागेश्वर मूर्तिमा पूजा आराधना गर्दै भक्तजन । 

    1.JPGदाङको घोराही उपमहानगरपालिका–५, धारापानीस्थित पाण्डवेश्वर महादेव मन्दिरमा पूजा तथा दूध चढाउँदै भक्तजन ।

    सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९, लाटीकोइलीस्थित शिव मन्दिरमा  शुक्रबार पूजा आराधना गर्न लामबमद्ध भक्तजन । यहाँ प्रत्येक वर्ष शिवरात्रिमा ठूलो मेला लाग्ने गर्छ ।

    तस्बिर : राष्ट्रिय समाचार समिति (रासस)

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार