images
images

अस्ट्रेलियामा विमानमा प्राविधिक समस्या आउँदा विरामी परेका १२ जना उपचारका लागि अस्पताल भर्ना

अस्ट्रेलियामा विमानमा प्राविधिक समस्या आउँदा विरामी परेका १२ जना उपचारका लागि अस्पताल भर्ना

सोमवार, फागुन २८ २०८०
सोमवार, फागुन २८ २०८०
  • अस्ट्रेलियामा विमानमा प्राविधिक समस्या आउँदा विरामी परेका १२ जना उपचारका लागि अस्पताल भर्ना

    सिड्नीबाट अकल्याण्डका लागि उडेको लाटामको विमानमा प्राविधिक समस्या आएपछि एक्कासि कम्पन हुँदा विरामी परेका १२ यात्रुलाई सोमबार अस्पताल भर्ना गरिएको विमान कम्पनी र सुरक्षाकर्मीले सोमबार एएफपीलाई जानकारी दिएका छन् ।

    images
    images

    तस्मान सागरमा एलए ८०० विमानमा समस्या आएका कारण विमानमा कम्पन आउँदा कम्तीमा एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

    यात्रुहरूले स्थानीय सञ्चारमाध्यमलाई बताएअनुसार विमानको उचाई एक्कासी गुमेको र सिटबेल्ट नभएकाहरू सीटमा उफ्रेका थिए । 

    प्रत्यक्षदर्शी यात्रुले रेडियो नेटवर्क आरएनजेडसँग भन्नुभयो, “सिटबेल्ट नलगाएका कारण मानिसहरू सीटमा उफ्रिएका थिए ।”

    आवाज थरथर काँपिरहेको अवस्थामा उहाँले भन्नुभयो, “केही मानिस गम्भीर घाइते भएका छन् । यात्रुहरू पनि साँच्चै डराएका थिए ।” 

    चिलीस्थित एयरलाइन्सका प्रवक्ताले उडानका क्रममा भएको प्राविधिक घटनाका कारण विमानमा ‘ठूलो हलचल’ भएको बताउनुभएको छ । 

    “विमान अकल्याण्ड विमानस्थलमा निर्धारित समयमा अवतरण गरेको थियो,” उहाँले भन्नुभयो । घटनाको कारण खुल्न सकेको छैन ।

    सेन्ट जोन न्युजिल्यान्ड एम्बुलेन्स सेवाका जेरार्ड क्याम्पबेलले विमान न्युजिल्यान्डको अकल्याण्ड सहरमा ओर्लिएपछि चिकित्सकलाई समस्याबारे जानकारी गराइएको बताउनुभयो ।

    घाइतेको उपचारका लागि एक दर्जनभन्दा बढी एम्बुलेन्स र अन्य मेडिकल गाडीको टोली विमानस्थलमा पुगेको थियो ।

    क्याम्पबेलले भन्नुभयो, “हाम्रो एम्बुलेन्स चालक दलले लगभग ५० जना बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचार गरेको थियो, जसमा एक बिरामी गम्भीर अवस्थामा थिए र बाँकी मध्यम देखि सामान्य अवस्थामा थिए ।”

    विरामी सबै जनालाई अस्पताल पु¥याइएको उहाँले बताउनुभयो । लाटामका अनुसार ‘बोइङ ७८७ ड्रीमलाइनर’ विमानमा उडानका क्रममा समस्या आएको हो । 

    अमेरिकी विमान निर्माता कम्पनी बोइङले हालैका वर्षहरूमा घातक लायन एयर र इथियोपियन एयरलाइन्सका ७३७ म्याक्स विमानहरूमा दुर्घटनाग्रस्त भएकालगायत सुरक्षा समस्याहरूको शृङ्खलाको सामना गर्नुपरेको छ ।

    एअरलाइन्सले भनेको छ, “यस परिस्थितिले निम्त्याएको असुविधाप्रति लाटाम गहिरो खेद प्रकट गर्दछ ।”

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार