images
images

यी हुन् विश्वका सबैभन्दा दुखी १० देशहरु, नेपालको अवस्था कस्तो ?

यी हुन् विश्वका सबैभन्दा दुखी १० देशहरु, नेपालको अवस्था कस्तो ?

सोमवार, फागुन २८ २०८०
सोमवार, फागुन २८ २०८०
  • यी हुन् विश्वका सबैभन्दा दुखी १० देशहरु, नेपालको अवस्था कस्तो ?

    कुनैपनि देशका जनताहरुको दुखलाई निर्धारण गर्ने तत्वहरु के के होलान् ? यसका विभिन्नखाले मापदण्ड हुनसक्छन् । जसमा जनताको स्वतन्त्रता, स्वास्थ्य, भ्रष्टाचार, आम्दानी आदि पर्दछन् । 

    images
    images

    वर्ल्ड ह्याप्पिनेस रिपोर्टले विभिन्न तत्वहरुलाई आधार मान्दै धर्तीका सबैभन्दा दुखी देशहरुको सूचि सार्वजनिक गरेको छ । 

    यो प्रतिवेदन तयार गर्दा सामाजिक सुरक्षा, स्वास्थ्य, आय, स्वतन्त्रता, जनतामा उदारताको भावना र भ्रष्टाचार नहुने गरी मुख्यतया ६ कुरालाई ध्यानमा राखिएको छ । 

    मानिसलाई खुसी बनाउन यी सबै कुरा आवश्यक हुन्छ । यी सबै कुरा पूरा नगर्ने वा कम अंक ल्याउने देशलाई सबैभन्दा दुःखी देश मानिन्छ।यो सूचीमा नेपालको वरियता पनि त्यति उत्साहजनक छैन।

    यस्ता छन् विश्वका दुखी देशहरु

    अफगानिस्तान पहिलो स्थानमा

    सबैभन्दा दुःखी देशको सूचीमा अफगानिस्तान पहिलो स्थानमा छ । १३७ देशको सूचीमा अफगानिस्तान सबैभन्दा तल्लो स्थानमा अर्थात अन्तिम स्थानमा रहेको छ । 

    तालिबान शासनमा, अफगानिस्तान अत्यन्त कम आयु, गरिबी र भोकमरी संग संघर्ष गरिरहेको छ। दशकौंदेखि युद्धभूमि बनेको अफगानिस्तानका जनता महँगी, बेरोजगारी र तालिबानको क्रूर शासनका बीच निराशाले भरिएको जीवन जिउन बाध्य छन्।

    २. लेबनान

    सबैभन्दा दुखी देशको सूचीमा लेबनान दोस्रो स्थानमा छ । यो देश सामाजिक–राजनीतिक उथलपुथल र आर्थिक अस्थिरताको सामना गरिरहेको छ। जहाँ जनता समाज र सरकारप्रति असन्तुष्ट देखिन्छन्।

    ३. सियरा लियोन

    सबैभन्दा दुःखी देशको सूचीमा सियरा लियोन विश्वमा तेस्रो र अफ्रिकामा पहिलो स्थानमा छ। यहाँको आर्थिक अवस्था निकै नाजुक छ र राजनीतिक अस्थिरताका कारण जनतामा असन्तुष्टिको भावना छ । सामाजिक अशान्तिसँग लडिरहेको यो देशका नागरिकले खाद्यान्नको आवश्यकतासमेत पूरा गर्न सकेका छैनन् ।

    ४. जिम्बाब्वे

    वर्ल्ड ह्याप्पिनेस रिपोर्टमा जिम्बाब्वे चौथो स्थानमा छ । जिम्बाब्वेले पनि अहिले धेरै चुनौतीको सामना गरिरहेको छ। जसका कारण त्यहाँका जनतामा निराशा र निराशा छ ।

    ५. प्रजातान्त्रिक गणतन्त्र कंगो

    तानाशाही शासन र जबर्जस्ती बसाइ–सराइको सामना गर्दै आएको कंगो सबैभन्दा दुःखी देशको सूचीमा पाँचौं स्थानमा छ । चारैतिरबाट चुनौतीले घेरिएको कंगोका जनता देशको अवस्थाबाट असन्तुष्ट र निराश छन् ।

    ६. बोत्सवाना 

    बोत्सवानामा पनि राजनीतिक–सामाजिक स्थायित्वको अभाव छ। जसका कारण जनता सन्तुष्ट छैनन् र यो देश सबैभन्दा दुःखी देशको सूचीमा छैटौँ स्थानमा छ ।

    ७. मलावी

    बढ्दो जनसंख्या, बाँझो जमिन र सिँचाइ सुविधाको अभावजस्ता समस्या झेलिरहेको मलावी दुःखी देशको सूचीमा सातौं स्थानमा छ । यहाँका जनतालाई खाद्यान्नको अभाव छ र अर्थतन्त्र निकै नाजुक छ । सीमित स्रोतसाधनका बीचमा बढ्दो जनसंख्याको बोझले दबिएको मलावीका जनतामा निराशा छ।

    ८. कोमोरोस

    यहाँका जनता सामाजिक–राजनीतिक अस्थिरताका कारण चरम निराशाको अवस्थामा रहेका छन् र यो आठौँ दुःखी मुलुक हो ।

    ९. तान्जानिया

    आर्थिक, सामाजिक र राजनीतिक अस्थिरताको सामना गरिरहेको तान्जानिया सबैभन्दा दुःखी देशको सूचीमा नवौँ स्थानमा छ ।

    नेपालको वरियता पनि छैन उत्साहजनक छैन

    सबैभन्दा दुःखी देशको सूचीमा नेपाल समावेश नभए पनि उत्साहजनक अवस्था भने खासै छैन । १३७ देशको सूचीमा नेपाल ७८ औँ स्थानमा छ।

    यस्तै, सूचीमा नेपालभन्दा १४ औँ स्थानमाथि अर्थात ६४ औँ नम्बरमा चीन छ भने युक्रेनमाथि हमला गरिरहेको रुस ७० औँ स्थानमा छ । त्यस्तै, रुसी हमलामा परेको युक्रेन ९२ औँ स्थानमा छ । 

    यी हुन् सबैभन्दा खुसी १० देश

    फिनल्यान्ड पुनः एक पटक विश्वकै सबैभन्दा खुशी देश साबित भएको छ । वल्र्ड ह्याप्पिनेस रिपोर्टको सूचीमा फिनल्यान्ड लगातार सातौँ पटक संसारकै सबैभन्दा खुशी देश बन्न सफल भएको हो । 

    प्रतिव्यक्ति वास्तविक जीडीपी, सामाजिक समर्थन, स्वस्थ औषत आयु, जीवन छनौट गर्ने स्वतन्त्रता, उदारता र भ्रष्टाचारको धारणाहरु जस्ता विभिन्न तत्वहरुका आधारमा विश्व खुशी प्रतिवेदनले सामान्यतया १५० देशहरुलाई क्रमबद्ध गर्दछ ।

    सूचीमा डेनमार्क र आइसल्यान्ड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । त्यस्तै, इजरायल चौथो स्थानमा छ भने नेदरल्यान्ड्स र स्वीडेन क्रमशः पाँचौ र छैटौँ स्थानमा छन् । नर्वे, स्विट्जरल्याण्ड, लक्जमबर्ग क्रमशः सातौँ, आठौँ र नवौँ स्थानमा छन् भने न्युजिल्याण्ड दशौँ स्थानमा छ । 

    यस्तै, नेपाल सूचीको ७८ औँ स्थानमा छ । नेपाल दक्षिण एसियामा नै पहिलो स्थानमा छ । भुटानलाई प्राविधिक कारण सूचीमा राखिएको छैन् । यस्तै, सुचीमा बंगलादेश ११८ औँ स्थानमा छ भने भारत १२६औँ स्थानमा छ । 

    सूचीअनुसार अफगानिस्तान विश्वकै सबैभन्दा दुःखी देश बनेको छ । अफगानिस्तानपछि सूचीमा लेबनान, सियरा लियोन, जिम्बाब्वे, कंगो, बोत्सवाना, मलावी र कोमोरोस छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार