images
images

एलजीले ल्यायो ‘नयाँ बर्षको सुखद सुरुवात, नगद र उपहारको साथ’ योजना

एलजीले ल्यायो ‘नयाँ बर्षको सुखद सुरुवात, नगद र उपहारको साथ’ योजना

बिहिवार, चैत २२ २०८०
बिहिवार, चैत २२ २०८०
  • एलजीले ल्यायो ‘नयाँ बर्षको सुखद सुरुवात, नगद र उपहारको साथ’ योजना

    काठमाडौँ / नेपालको सबैभन्दा धेरै बिक्री हुने अन्तराष्ट्रिय ब्राण्ड एलजीले नयाँ बर्ष उपहार योजना सार्वजनिक गरेको छ । कम्पनीले नयाँ बर्ष २०८१ लाई लक्षित गर्दै ‘नयाँ बर्षको सुखद सुरुवात, नगद र उपहारको साथ’ नामक योजना सार्वजनिक गरेको हो ।

    images
    images

    सो योजना अन्तर्गत ग्राहकहरूले एलजीका घरायसी सामानहरू खरिद गर्दा नगद छुट र पक्का उपहारका साथै रु. १ लाखको दुर्घटना बीमा, तथा लक्की ड्र मा एलजी ओलेड टिभी हरेक महिना जित्न सक्नेछन् । 

    एलजी ओलेड टिभी, एलजी क्युनेड टिभी, एलजी युएचडी टिभी, साउन्ड बार, होम अडियो, एलजी सिङ्गल डोर रेफ्रिजेरेटर र भ्याकुम क्लिनरको खरिदमा ग्राहकहरुले ४०५ सम्मको क्याश ब्याक प्राप्त गर्न सक्नेछन् ।

    साथै, एलजी साइड बाइ साइड फ्रेन्च डोर रेफ्रिजेरेटरको खरिदमा माइक्रोवेभ ओभन, एलजी डबल डोर रेफ्रिजेरेटर (३०८ लिटर र माथि)को खरिदमा मिक्सर वा भेजिटेबल प्युरिफायर, एलजी डबल डोर रेफ्रिजेरेटर (२८५ लिटर सम्म)को खरिदमा भ्याकुम फ्लास्क वा प्रेसर कुकर, एलजी फ्रन्ट लोड वाशिङ मेसिन (१० केजी र माथि)को खरिदमा इन्डक्सन कुकर, एलजी फ्रन्ट लोड वाशिङ मेसिन (९ केजी सम्म)को खरिदमा ६ केजी डिटरजेन्ट पाउडर, एलजी टप लोड तथा टुइन टब वाशिङ मेसिनको खरिदमा ४ लिटर डिटरजेन्ट लिकुइद, एलजी डिस वासरको खरिदमा २ प्याकेट डिसवासर किट, एलजी माइक्रोवेभ ओभनको खरिदमा खाना पकाउने कीट र एलजी एयर प्युरिफायरको खरिदमा एयर हिउमिडिफायर प्राप्त गर्न सक्नेछन् । 

    त्यस्तै एयर सलुसन तर्फको एलजी रुम एयर कन्डिसनर र फ्लोर स्ट्यान्डीङ तथा क्यासेट एयर कन्डिसनरको खरिदमा ग्राहकहरुले फ्री इन्स्टलेशन सेवा पाउनेछन् । 

    साथै ग्राहकहरुले हरेक महिना लक्की ड्र मार्फत २ वटा एलजी ओलेड टिभी जित्न सक्नेछन् । 

    कुनै पनि एलजी टिभीको खरिदमा रु. १ लाखको दुर्घटना बिमा पनि प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले यो बिमा मार्फत संसारको कुनै पनि कुनामा भएको दुर्घटनाको क्षतिपूर्ति दाबी गर्न सक्नेछन् । 

    ग्राहकहरूले लक्की ड्र र दुर्घटना बिमामा समाबेश हुन बिज्ञापनमा दिईएको छुट्टा छुट्टै क्यु आर कोड स्क्यान गरेर मागिएको विवरण भरेर रजिस्टर गर्नु पर्नेछ ।

    यसका साथसाथै शुन्य प्रतिशत ब्याजदरमा ईएमआइ, कुनै पनि ब्रान्डको पुरानो सामान सँग एलजीको सामान सँग साट्न सकिने एक्सचेन्ज अफर, एलजी लोयल्टी क्लब रिवार्ड, फ्री एलजी सर्टिफाईड इन्स्ट्लेसन र फ्री डेलिभरी पनि रहेको छ । 

    यो योजना चैत्र २१ गते देखि नेपाल अधिराज्यभरी सिमित अवधिका लागि लागु गरिएको छ । नेपाल अधिराज्यभर एलजी ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्स रहेको छ ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार