images
images

सेयर बजार : वित्त र अन्य समूहमा झुम्मिए लगानीकर्ता, कारोबार रकम ४ अर्ब नाघ्यो

सेयर बजार : वित्त र अन्य समूहमा झुम्मिए लगानीकर्ता, कारोबार रकम ४ अर्ब नाघ्यो

मंगलवार, चैत २७ २०८०
मंगलवार, चैत २७ २०८०
  • images
    images
    सेयर बजार : वित्त र अन्य समूहमा झुम्मिए लगानीकर्ता, कारोबार रकम ४ अर्ब नाघ्यो

    काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि भएको छ । नेप्से परिसूचक ९.१९ अङ्कले बढेर २ हजार ३६.०१ को बिन्दुमा कायम हुँदा ४ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । 

    images
    images

    आज ३१५ कम्पनीको ९७ लाख ८९ हजार ४१६ कित्ता सेयर ७२ हजार २६१ पटक खरिद बिक्री हुँदा ४ अर्ब १४ करोड ३७ लाख ८३ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।   
    आज होटल तथा पर्यटन समूह ०.६८, उत्पादन तथा प्रशोधन समूह १.४६ र लघुवित्त समूह १.१४ प्रतिशतले घटेका छन् भने अरु सबै समूहको उपसूचक बढेको छ । 

    सबैभन्दा धेरै वित्त समूह २.७९ र अन्य समूह २.४२ प्रतिशतले बढेको छ । त्यसैगरी, बैङ्किङ ०.३२, विकास बैङ्क ०.६७, जलविद्युत् ०.७६, लगानी ०.६९, जीवन बीमा ०.४९, म्युचअल फन्ड ०.५०, निर्जीवन बीमा एक र व्यापार समूह ०.४० प्रतिशतले बढेको छ ।

    जानकी फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने नेपाल फाइनान्स लिमिटेड र पोखरा फाइनान्स लिमिटेडको सेयर मूल्य समान ९.९९ प्रतिशतले बढेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।

    कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १८ करोड ८ लाख १० हजार रुपैयाँ बराबरको तीन लाख ६१ हजार कित्ता सेयर किनबेच भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार