images
images

युवा संगठन नेपालको पाँचौ राष्ट्रिय सम्मेलनबाट पारित प्रस्ताव सार्वजनिक, एमसीसीविरुद्ध निरन्तर संघर्ष गर्ने उद्घोष

युवा संगठन नेपालको पाँचौ राष्ट्रिय सम्मेलनबाट पारित प्रस्ताव सार्वजनिक, एमसीसीविरुद्ध निरन्तर संघर्ष गर्ने उद्घोष

सोमवार, बैशाख ३ २०८१
सोमवार, बैशाख ३ २०८१
  • युवा संगठन नेपालको पाँचौ राष्ट्रिय सम्मेलनबाट पारित प्रस्ताव सार्वजनिक, एमसीसीविरुद्ध निरन्तर संघर्ष गर्ने उद्घोष

    काठमाडौँ / युवा संगठन नेपालको पाँचौं राष्ट्रिय सम्मेलनबाट पारित समसामयिक प्रस्ताव सार्वजनिक गरेको छ । आज (सोमबार) पत्रकार सम्मेलन गरी सम्मेलनबाट पारित निर्णय सार्वजनिक गरेको हो ।

    images
    images

    युवा संगठन नेपालको पाँचौं राष्ट्रिय सम्मेलन सुदूरपश्चिमको धनगढीमा सम्पन्न भएको थियो । उक्त सम्मेलनले अध्यक्षमा दिनेश सी, उपाध्यक्षमा विश्लेषण सी, महासचिवमा सुभाष सी, सचिवमा अनिल सी कोषाध्यक्षमा जिवनी सी सहित १३३ सदस्यीय कमिटी गठन गरेको थियो । 

    सम्मेलनले नेकपाका नेताहरु विप्लव, प्रकाण्डलगायतमाथि राज्यले लगायको झुठा मुद्दा खारेजीको माग गरेको छ । साथै, युवा संघ नेपालले एमसीसी सम्झौता राष्ट्रघाती रहेको निश्कर्ष निकालेको छ ।

    एमसीसी कार्यान्वयन र सीमा अतिक्रम विरुद्ध संघर्ष गर्ने प्रस्तावसमेत सम्मेलनले पारित गरेको छ । युवा संगठन नेपालले १९५० देखिका असमान सन्धिहरु खारेज गर्न माग गरेको छ । साथै, राष्ट्रिय स्वाधिनताको आन्दोलनमा गोलवद्ध हुनसमेत युवा संगठन नेपालले आह्वान गरेको छ । 

    युवा संघ नेपालले विभिन्न क्षेत्रका खेलकुदलाई विकास गर्न, अवसर र प्रोत्साहन दिन राष्ट्रिय टिमका खेलाडी प्रदेश र स्थानिय टीमका खेलाडीहरुको स्वास्थ्य उपचारको व्यवस्था गर्न तीनै तहका सरकारसँग माग गरेको छ । 

    साथै, युवा संघ नेपालको उक्त सम्मेलनले कृषि क्षेत्रलाई आधुनिकीकरण, यान्त्रिकीकरण र किसानलाई समयमै मल र बीउ सर्वसुलभ उपलब्ध गर्न सरकारसँग माग गरेको छ । त्यसैगरी,बेरोजगार युवाहरुका लागि रोजगारीको ग्यारेन्टी गर्न, बन्द कलकारखाना सञ्चालन गर्न पनि युवा संगठनले सरकारको ध्यानाकार्षण गराएको छ । 

    उक्त सम्मेलनले दलाल पुजीवादी व्यवस्थालाई अन्त्य गरि त्यसको ठाउँमा नेपाली विशेषताको समाजवाद स्थापना गर्नका लागि एकीकृत जनक्रान्तिको कार्यदिशामा लामवद्ध हुन आह्वान गरेको छ । 

    त्यसैगरी, सम्मेलनले भूमीहीन सुकुम्बासी, भूमीहिन दलित, श्रमिकवर्ग र अव्यवस्थित बसोवासी नागरिकहरुको समस्या यथासीघ्र सम्बोधन गर्न समेत सरकारको ध्यानाकार्षण गराएको छ । 

    त्यसैगरी, बढ्दो क्रममा रहेको सवारी दुर्घटना, पूर्वाधार निर्माणमा भइरहेको ढिलासुस्ती, भ्रष्टाचार, कमिसन, महंगी कालोवजारी लगायतका विषयमा सम्मेलनमार्फत ध्यानाकार्षण गराइएको छ ।

    युवा संगठन नेपालका अध्यक्ष दिनेश सीले आफूहरुले यो देश दलालहरुको हातबाट खोसेर श्रमिक वर्ग र स्वाभिमान युवाहरुको हातमा ल्याउनका लागि संघर्ष गरिरहेको बताए । विगत केही समययता नेपालमा दलाल पुँजीवादी संसदीय व्यवस्था चलिरहेको र यसलाई मिल्काउन आफूहरु लागिरहेको उनले बताए । 

    नेपाली विशेषताको समाजवाद आफूहरुको मूल एजेण्डा रहेको उनले बताए । अहिलेको दलाल पुँजीवादी व्यवस्थाले युवाहरुलाई विदेश लखेटिरहेको उनले बताए । संगठनको पाँच सम्मेलनले यस्ता प्रकारका समस्याका विरुद्ध लड्ने उद्घोष गरेको उनले बताए । 

    युवा संगठन नेपालका उपाध्यक्ष विश्लेषण सीले यतिबेला देशमा ठूलो राष्ट्रिय संकट पैदा भएको बताए । विकासको नाममा एमसीसीजस्तो राष्ट्रघाती परियोजना भित्र्याइएको उनको  आरोप छ । उनले अहिले देशमा बाह्य शक्तिहरुको ठूलो हस्तक्षेप सुरु भएको बताए । 

    एमसीसीजस्तो राष्ट्रघाती परियोजनाका विरुद्धमा आफुहरु निरन्तर संघर्षमा नै रहेको उनले बताए । एमसीसी आफूहरुलाई स्वीकार्य नरहेको उनले बताए । उपाध्यक्ष विश्लेषणले आफूहरु सीमा अतिक्रमणको विरुद्धमा पनि आफूहरु निरन्तर संघर्षमा नै रहेको बताए । 

    साथै, मिटरव्याज, सहकारी र बैंकको चर्को व्याजले वित्तीय क्षेत्रलाई आक्रान्त बनाएको उनले बताए । साथै, विगतका संघर्षबाट प्राप्त उपलब्धीका विरुद्ध केही शक्तिहरु लागिरहेको भन्दै उनले यसका विरुद्ध आफूहरु कफन बाँधेर लागिरहने बताए ।

    ‘यो सबै परिवर्तनलाई संस्थागत गर्नुको विरुद्ध आज भत्काउन खोजिएको छ । विभिन्न नामबाट, विभिन्न उपमा दिँदै भत्काउन खोजिएको छ, अपराधीकरण गर्न  खोजिँदै छ । यसको विरुद्ध कफन बाँधेर लड्न युवा संगठन तयार छ,’– उनले भने । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार