images
images

प्राइम बैंकको नाफामा ३१.७३ प्रतिशतको वृद्धि, वितरणयोग्य मुनाफासमेत बढ्यो

प्राइम बैंकको नाफामा ३१.७३ प्रतिशतको वृद्धि, वितरणयोग्य मुनाफासमेत बढ्यो

आइतवार, कार्तिक १९ २०८०
आइतवार, कार्तिक १९ २०८०
  • प्राइम बैंकको नाफामा ३१.७३ प्रतिशतको वृद्धि, वितरणयोग्य मुनाफासमेत बढ्यो

    काठमाडौँ / प्राइम कमर्सियल बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब १५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक बर्ष २०७९/०८० मा गत बर्ष ८७ करोड ४१ लाख रुपैयाँ नाफा कमाएको बैंकको समीक्षा अवधिमा नाफा रकम ३१.७३ प्रतिशतले वृद्धि भएको हो ।

    images
    images

    बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार चालू आवमा सञ्चालन नाफा र खुद ब्याज आम्दानीमा वृद्धि भएकाले बैंकको नाफा बढ्न सहयोग पुगेको हो । 

    यस समीक्षा अवधिमा बैंकले गत वर्षको सोही अवधिभन्दा २३.३९ प्रतिशतले बृद्घि गरी कुल  २ खर्ब १६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकले पहिलो त्रैमासको अवधिमा मात्रै २१ अर्ब ६० करोड रुपैयाँ अर्थात १२.०९ प्रतिशत निक्षेप बृद्घि गरेको छ ।

    यसैगरी कर्जा लगानी तर्पm, बैंकले गत वर्षको सोही अवधि भन्दा १४.१२ प्रतिशतले बृद्घि गरी कुल १ खर्ब ७६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस समीक्षा अवधिमा बैंकले गत वर्षको सोहि अवधिको भन्दा ३१.३५ प्रतिशतले संचालन मुनाफामा बृद्घि गरी १ अर्ब ६५ करोड रुपैयाँ आर्जन गरेको छ । 

    साथै बैंकले समिक्षा अवधिमा गत वर्षको सोही अवधि भन्दा ३४.२१ प्रतिशतले बृद्धि गरी कुल  ६५ करोड रुपैयाँ गैरकोष आम्दानी आर्जन गरेको छ । कर्जा नोक्सानी व्यवस्था गरेकाले समीक्षा अवधिमा कर्जा असुलीमा सुधार भई खुद मुनाफामा देखिएको बैंकले जनाएको छ । 

    गत त्रैमासको अवधिभन्दा यस त्रैमासमा वितरणयोग्य मुनाफामा उल्लेख्य सुधार गर्दै ४२ करोड ३१ लाख संचित मुनाफामा थप योगदान गर्दै कुल ६२ करोड ८६ लाख पु¥याउन बैंक सफल भएको छ । 

    साथै बैंकको निष्कृय कर्जाको अनुपात गत आर्थिक वर्षको अन्त्यमा ४.२३ प्रतिशत रहेकोमा यस समीक्षा अवधिमा ३.६७ प्रतिशतमा घट्न गएको छ । यसैगरी प्रति शेयर आम्दानी गत आर्थिक वर्षको अन्त्यमा रु. ११.६६ रहेकोमा समिक्षा अवधिमा रु. २३.७४ मा बृद्धि भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार