images
images

हृदयघात किन हुन्छ ? यसबाट कसरी बच्ने ?

हृदयघात किन हुन्छ ? यसबाट कसरी बच्ने ?

सोमवार, भदौ २५ २०८०
सोमवार, भदौ २५ २०८०
  • images
    images
    हृदयघात किन हुन्छ ? यसबाट कसरी बच्ने ?

    काठमाडौँ / मुटुको कार्यसञ्चालनमा आकस्मात अवरोध पैदा हुनु हृदयघात अर्थात हार्ट अट्याक हो । मुटु मांशपेशीहरूले बनेको अंग हो जसले शरीरका विभिन्न अंगहरूमा रगत पम्प गर्छ । मुटुको रक्त प्रवाहित गर्ने धमनीहरूमा जब रोकावट आउँछ, त्यस हिस्सामा रक्त सञ्चार नहुँदा मांसपेशीहरू मर्न थाल्छन् । यसबाट मुटुको क्रिया प्रभावित हुन्छ र हृदयघात हुन्छ । 

    images
    images

    चिसोले हुनसक्ने हाइपोथर्मियाले शरीरको तापक्रम सामान्यभन्दा तल झार्छ र शरीरले चाहिने मात्रामा ऊर्जा उत्पादन गर्न सक्दैन जसका कारण हृदयघातको सम्भावना हुन्छ तर पछिल्लो समय जीवनशैली र खानपिनका कारण गर्मी महिनामा पनि हृदयघातको जोखिम बढेको छ । 

    वास्तवमा रगत ढिक्का हुँदा मुटुसम्म रगतको रञ्चार राम्रोसँग हुन पाउँदैन । यसका कारण छातीमा पीडा हुन्छ र हृदयघातको खतरा बढ्ने गर्छ तर सधैँ छाती नै दुख्छ भन्ने पनि छैन । थुप्रै पटक शरीरमा देखिने साधारण लक्षणले पनि हृदयघातको खतराको संकेत दिन्छ ।

    अचानक कुनै कारण बिना धेरै पसिना आउनु हृदयघातको संकेत हुनसक्छ । छाती दुख्नु, पसिना आउनु र मांसपेशी जकडिएको महसुस हुनु पनि हृदयघातको संकेत हो । पछिल्लो समयमा हृदयघातबाट हुने मृत्यु संसारभरी बढेको छ । 

    अझै युवा अवस्थाका मानिसहरूमा समेत यो समस्या व्यापक रूपमा देखिन थालेको छ । खानपानमा ध्यान नदिनु र आवश्यक शारिरिक व्यायमको नगर्नु त्यसैगरी प्रदुषित वातावरण हृदयघातको प्रमुख कारण हो ।

    विश्व स्वास्थ्य संगठन (डब्ल्यू एच ओ) को तथ्याङ्क अनुसार दक्षिण एशियामा २७ प्रतिशत मानिस हृदयघातका कारण मर्ने गर्छन् ।

    हृदयघातका लक्षणहरू

    हृदयघात हुनु अघि हाम्रो शरीरमा केही अहसजता र लक्षणहरू देखिन्छन् । त्यस्ता लक्षणहरूबारे सचेत हुन सके हृदयघातबाट बच्न सकिन्छ । हृदयघात हुनुअघि देखिने लक्षणबारे यहाँ चर्चा गरिएको छ ।

    १. खुट्टा सुन्निनु

    २. अपच हुनु वा वान्ता हुनु

    ३. थकान महसुस हुनु

    ४. छाती वा पिठ्यूँमा अत्यधिक पीडा हुनु

    ५. सास फेर्न कठिन हुनु

    ६. टाउको, गर्दन वा दाँत दुख्नु

    ७. बेचैन हुनु, तनाव हुनु र रिंगटा लाग्नु

    ८. जोर्नीहरू दुख्नु र साथमा ज्वरो पनि आउनु

    ९. जिब्रो,औँलाका टुप्पाहरू नीलो हुनु

    यदि यस्ता लक्षणहरू देखा परे बेलैमा चिकित्सकको सल्लाह लिनुपर्छ । मुटुमा समस्या देखिएमा नियमित जाँच गर्नुपर्छ।

    हृदयघातबाट बच्ने उपाय

    १. स्वस्थ भोजनस् प्रशस्त फलफूल, हरियो सागसब्जी खानुहोस् साथै चिनी, नून र चिल्लो एकदम कम गर्नुहोस्।

    २. नियमित शारिरिक कसरत रव्यायाम गर्नुहोस्स् दैनिक रूपमा ३० मिनेट (आधा घण्टा) मात्रै भने पनि व्यायाम गर्नु मुटुको स्वस्थको लागि एकदमै राम्रो हो।

    ३. धूम्रपान साथै सूर्तिजन्य पदार्थको सेवन नगर्नुहोस्स् सूर्ति र तमाखु, सिगरेट (चुरोट), सिगार अथवा खैनी-सूर्ती स्वास्थ्यको लागि एकदमै हानिकारक हुन्छ। यसको उपयोग नगर्नु नै रोकथामको लागि एकदम उत्तम तरिका हो। त्यसैगरी सेकेण्ड-ह्यान्ड धूम्रपान (अर्थात तपाईको छेउमा रहेर कसैले चुरोट पिउनु)को सम्पर्कमा पर्नु पनि स्वास्थ्यको लागि हानिकारक हुन्छ।

    ४. मुटुका केही रोगहरू जस्तै : उच्च रक्तचाप, उच्च रक्त कोलेस्टेरोल, मधुमेह आदिको कुनै लक्षणहरू नहुन पनि सक्छ। यी रोगहरू परीक्षण गरेपछि मात्र पत्ता लाग्छ। यसकारण मुटुरोगको कुरा गर्दा नियमित स्वास्थ्य परीक्षणलाई धेरै महत्त्व दिइन्छ। मानिसको आकस्मिक मृत्यु धेरैजसो मुटु रोगकै कारणबाट हुन्छ। एजेन्सी

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार