images
images

बर्तमान आर्थिक चुनौति र उद्यमशीलताको मार्गचित्र,  युवा उद्यमशीलता शिखर सम्मेलनमा कसले के भने ?

बर्तमान आर्थिक चुनौति र उद्यमशीलताको मार्गचित्र,  युवा उद्यमशीलता शिखर सम्मेलनमा कसले के भने ?

आइतवार, भदौ ३१ २०८०
आइतवार, भदौ ३१ २०८०
  • बर्तमान आर्थिक चुनौति र उद्यमशीलताको मार्गचित्र,  युवा उद्यमशीलता शिखर सम्मेलनमा कसले के भने ?

    काठमाडौ/ युवाका कार्यक्रम छरिएर रहेकाले प्रभावकारी कार्यन्वयनमा समस्या देखिएको सरोकारवालाले बताएका छन । 
    राष्ट्रिय युवा परिषद् र नेपाल विजनेश इन्स्च्यिुटले आज सयुक्त रुपमा आयोजना गरेको ‘तेस्रो युवा उद्यमशीलता शिखर सम्मेलन–२०८०’ को ‘वर्तमान आर्थिक चुनौति र उद्यमशीलताको मार्गचित्र’ बिषयक अन्तरक्रिया युवा क्षेत्रका कार्यक्रम एकद्धार प्रणालीबाट संचालन हुनुपर्ने बताए । 

    images
    images

    युवा तथा खेलकुद मन्त्रालयका सहसचिव कुमारप्रसाद दाहालले संघ, प्रदेश र स्थानीय तहमा युवा सम्बन्धि कार्यक्रम धेरै भए पनि छरिएर रहेकोले कार्यन्वयनमा समस्या रहेको बताएका छन् । 


    “युवाका कार्यक्रम छरिएर रहेका छन । युवाका सवै कार्यक्रम एकद्धार प्रणालीमार्फत कार्यक्रम गर्नुपर्दछ । यहाँ स्रोतको कमि रहेको छैन,” उनले भने । 


    उनले कार्यक्रमहरु प्रक्रियागत रहेकोले सेवाग्राहीसम्म पुग्न नसकेको भनाई राखे । 

    उनले नेपालको झन्झटिलो सरकारी प्रक्रियाले गर्दा वाक्क भएर मानिसहरु विदेश गइरहेको भन्दै नेपालमा मै काम गर्ने खालको सिकाउने स्कुल विद्यालय नभएको बताए । 

    मन्त्रालयका सहससचिव दाहालले सरकारले उद्यमशिलता बर्ष घोषणा गरेपनि बर्षलाई नविनतामा नदेखिएको बताए । 
     “उद्यमशिलतामा सरकारप्रतिको असन्तुष्टि देखिन्छ । नीति ऐन कानूनले कति दिन झुलाएर राख्नुहुन्छ भन्नुहुन्छ । हो साच्चै हामीले झुलाइरहेका छौ,” उनले भने । 


    कतिपय नीति ऐन कानून स्पष्ट भएपनि कार्यन्वयनमा समस्या रहेको बताए । 


    “धेरै पालिकाले उत्पादन किन्ने शुरु गरेका छन् । छिमेकी देशका बस्तुलाई अनुदानमा खरिद गरिहेको हुन्छ त्यतिवेलासम्म हाम्रा उत्पादनले बजार पाउदैनन,” उनले भने । 


    मन्त्रालयका प्रवक्ता समेत रहनु भएका विदेशमा कलेज पढदै कमाउदै गर्न हुने तर नेपालमा भने कलेज पढिसकेपछि मात्र काम गर्न व्यवहारलाई परिवर्तन गर्नुपर्ने बताए । 


    राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले युवा लक्षित कार्यक्रम संचालन गरेको बताए ।  उनले युवासँग गरिएका कार्यक्रमले अपेक्षाकृत सफलता हासिल गर्न नसकिएको भन्दै उद्यमशील बन्न चाहने युवामा धितो राख्ने समस्या, ब्याजदरमा लोन लिइसकेपछि त्यो लोन अनुसार उत्पादन फाइदा नहुने जस्ता समस्या देखिएको बताए । 


    सिइओ श्रेष्ठले सहुलियतपूर्ण कर्जा प्रवाह गरेपछि अनुत्पादक क्षेत्रमा ८० प्रतिशत खर्च भएको र तीमध्ये  ५० प्रतिशत व्युटिपार्लर लगानी भएको बताए । 


     उनले बैंकबाट व्यवसायका लागि लिइएको लोन सजावट (डेकोरेशन) धेरै मान्छे राख्नुपर्ने, जुन ठाउँमा लगाउनुपर्ने हो त्यो ठाउँमा लगाउनुपर्ने हो उक्त ठाउँम  नलगाउनदा प्रतिफल न्यून हुने गरेको बताए ।

     
    निश्चित वर्गलाई तोकि चाँडै नै सहुलितपूर्णको कर्जा सम्बन्धि कार्यविधिलाई परिमार्जन गर्नुपर्ने धारणा राखे ।
    आश्वियाना कर्पोरेशनका महाप्रवन्धक आषिश शर्माले मानिसहरुलाई पैसा लिनका लागि कुनै समस्या नभएको भन्दै उनले उद्यमशीलतामा लगानी गर्ने रकमको जोखिमलाई सरकारले सुनिश्चित गर्नुपर्ने बताए । 


    कृषकको कुनै बस्तु सल्यानभन्दा भारतका नयाँ दिल्लीबाट ल्याउन सस्तो भएको भन्दै  नेपालमा उत्पादन भएका बस्तुले तोके अनुसार मूल्य पाउनुपर्ने जिकिर उनको थियो । 
    उनले किसान उत्पादन गरेको बस्तु विक्रीबाट दैनिक पैसा पाउनुपर्ने बताए । 


    “किसानले भनेको वेला तीन दिनभित्र पैसा र बस्तु विक्रि गर्ने सुनिश्चिता गर्नुपर्ने हुन्छ,” उनले भने । 
    बल्र्ड भिजन इन्टरनेशन नेपालका प्रोग्राम म्यानेजर प्रकाश तिवारीले धेरै जसो महिलाहरु वा पुरुषलाई एउटै व्यवसाय गर्ने गरेको बताए । 


    “महिला वा पुरुषलाई  प्रश्नको सोध्दा एउटै उत्तर आउने गरेको छ । प्रश्न सोध्दा  महिलाले व्युटेसियन र पुरुषले कुकका बन्न मात्र खोजेको देखिन्छ,” उनले भने, “टिक्ने व्यवसाय गर्नुपर्दछ । मैले के गर्नुपर्दछ र के गरे फाइदा भन्ने कुरा युवालाई थाहा पाउनुपर्दछ ।”


    उनने उद्यम गर्नुभन्दा पहिला केही समय युवालाई स्थापित उद्यममा लगेर सिकाउनु पर्ने बताए । 
    उनले युवाले गरेको उद्यमशिलताको जोखिमको सुनिश्चता सरकारले गर्नुपर्ने बताए । 


    द व्रिटिश कलेजको हेड अफ द स्कुल अफ विजनेश सुनिता बस्नेतले शिक्षाले नै उद्यमशीलता बनाउने भन्दै उनले पढाई र कामलाई संगै लैजानु आवश्यक रहेको बताए । उनले व्रेन डे«नलाई रोक्नका लागि शिक्षाको भूमिका रहेको भन्दै उद्यमशिल बन्ने खालको पाठ्यक्रम बनाउनुपर्ने धारणा  राखे । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार