images
images

राष्ट्र बैंकको रिपोर्ट : यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठसहित)

राष्ट्र बैंकको रिपोर्ट : यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठसहित)

नेपाल राष्ट्र बैंकले दुई महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको हो ।

मंगलवार, असोज ३० २०८०
मंगलवार, असोज ३० २०८०
  • राष्ट्र बैंकको रिपोर्ट : यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठसहित)

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले मंगलबार चालु आर्थिक वर्षको दुई महिना अर्थात भदौँसम्मको तथ्याङ्कमा आधारित रिपोर्ट सार्वजनिक गरेको छ । बैंकले दुई महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको हो । 

    images
    images

    बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ८.१९ प्रतिशत रहेको छ । यस्तै आयात ५.१ प्रतिशतले, निर्यात ७.८ प्रतिशतले र कुल वस्तु व्यापार घाटा ४.७ प्रतिशतले घटेको छ ।

    यस्तै विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २२.१ प्रतिशतले र अमेरिकी डलरमा १७.७ प्रतिशतले बढेको छ । यसैगरी  शोधनान्तर स्थिति रु।५३ अर्ब ६१ करोडलेबचतमा रहेको बैंकको रिपोर्टमा उल्लेख छ ।

    यसैगरी कुल विदेशी विनिमय सञ्चिति १५ खर्ब ९८ अर्ब ९० करोड रुपैयाँ र अमेरिकी डलरमा १२ अर्ब १ करोड रहेको छ भने नेपाल सरकारको खर्च १ खर्ब ३१ अर्ब १४ करोड रुपैयाँ र राजस्व परिचालन १ खर्ब ४१ अर्ब ८ करोड रुपैयाँ रहेको छ ।

    यस्तै विस्तृत मुद्राप्रदाय ०.५ प्रतिशतले घटेको छ भने वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.० प्रतिशतले बढेको राष्ट्र बैंकको रिपोर्टमा उल्लेख छ । 

    २.१ प्रतिशतले बढ्यो रेमिट्यान्स

    भदौसम्ममा विप्रेषण आप्रवाह (रेमिट्यान्स) २.१ प्रतिशतले वृद्धि भई २ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ ।अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा भने विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई १ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ११.३ प्रतिशतले बढेको थियो ।

    ७४ हजारले लिए नयाँ श्रम स्वीकृति

    वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २८.३ प्रतिशतले कमी आई ७४ हजार ४५५ कायम भएको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १८.३ प्रतिशतले कमी आई ३२ हजार ४ कायम भएको छ । 

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७०.६ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २१.९ प्रतिशतले वृद्धि भई २ खर्ब ५१ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १९.५ प्रतिशतले बढेको थियो ।

    आयातसँगै घट्यो निर्यात

    दुई महिना अर्थात भदौँसम्ममा विदेशी वस्तुको आयातसँगै नेपालबाट हुने वस्तु तथा सामानको निर्यातमा पनि कमी आएको छ । दुई महिनामा कुल वस्तु निर्यात ७.८ प्रतिशत र आयात ५.१ प्रतिशतले कमी आएको हो । 

    दुई महिनामा कुल वस्तु निर्यात ७.८ प्रतिशतले कमी आई २६ अर्ब ४५ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३४.९ प्रतिशतले कमी आएको थियो । यस्तै, कुल वस्तु आयात ५.१ प्रतिशतले कमी आई २ खर्ब ५९ अर्ब ७५ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३.० प्रतिशतले कमी आएको थियो ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार