images
images

दुई महिनामा तलब तथा ज्यालादर सूचकाङ्क ५.२५ बढ्यो

दुई महिनामा तलब तथा ज्यालादर सूचकाङ्क ५.२५ बढ्यो

मंगलवार, असोज ३० २०८०
मंगलवार, असोज ३० २०८०
  • दुई महिनामा तलब तथा ज्यालादर सूचकाङ्क ५.२५ बढ्यो

    काठमाडौँ / चालु आर्थिक बर्षको दुई महिनामा नेपालीहरुको तलब तथा ज्यालादर सूचकाङ्क ५.२५ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्क अनुसार दुई महिनामा यस्तो सूचकाङ्क ५.२५ प्रतिशतले बढेको हो ।

    images
    images

    अघिल्लो वर्षको सोही महिनामा यस्तो सूचकाङ्क ११.६८ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः १.०५ प्रतिशत र ६.५३ प्रतिशतले बढेको छ ।

    थोक मुद्रास्फीति

    भदौँ महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ४.७८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १४ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः ८.२३ प्रतिशत, ३.१४ प्रतिशत र २.८० प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मुद्रास्फीति ०.०३ प्रतिशतले घटेको छ ।

    नेपाल र भारतको उपभोक्ता मुद्रास्फीति

    दुई महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.१९ प्रतिशत रहेको छ । सन् २०२३ सेप्टेम्बर महिनामा भारतको यस्तो मुद्रास्फीति ५.०२ प्रतिशत रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार