images
images

चलचित्रमा नयाँ अनुहार, कति समय टिक्ला ?

चलचित्रमा नयाँ अनुहार, कति समय टिक्ला ?

बुधवार, मंसिर १३ २०८०
बुधवार, मंसिर १३ २०८०
  • चलचित्रमा नयाँ अनुहार, कति समय टिक्ला ?

    डेढ दशक अघि मात्र नेपाली चलचित्रमा अभिनेता राजेश हमाल, निखिल उप्रेती, रेखा थापा, विराज भट्टलगायत कलाकारको दबदबा थियो । उनीहरुको पोस्टर देख्दा मात्र दर्शक हलसम्म पुग्थे । तर, आजको अवस्था त्यस्तो छैन । समय बदलियो । दर्शकहरुको विचार धारणा पनि बदलिएको छ ।

    images
    images

     यसैले कथ्य र निर्माण शैलीमा परिवर्तन आएसँगै नयाँपुस्ताको आगमन बढिरहेको छ ।

    नेपाली चलचित्र निर्माणको सङ्ख्यात्मक वृद्धि, बढ्दो लगानी तथा राम्रो पारिश्रमिकका कारण यस क्षेत्रमा नयाँ अनुहार देखिन थालेको चलचित्रकर्मीहरुको अनुभव छ । 

    अभिनयलाई करियर बनाउन चाहनेको सङ्ख्या बढ्दो

    अभिनयलाई करियर बनाउन चाहनेको सङ्ख्या बढ्दो चलचित्रबाट थुप्रै नयाँ अनुहार भित्रिदै छन् । प्रदीप खड्का, अनमोल केसी, सलिन मान बानियाँ, धीरज मगर, सुहाना थापा, अदिति बुढाथोकी, मिरुना मगर, उपासना सिंह ठकुरी, साम्राज्ञी राज्यलक्ष्मी शाहलाई नयाँ पुस्ताको कलाकार भनिन्छ । 

    उनीहरु निर्माता तथा निर्देशकको रोजाइमा पर्ने गरेका छन् । उनीहरुको उपस्थितिले व्यापारमा पनि प्रभाव पर्ने गरेको देखिएको छ । 

    व्यावसायिक सुरक्षाका कारण प्राय निर्देशकको रोजाइमा स्थापित अनुहार पर्ने देखिए पनि केही नयाँ अनुहारले चलचित्रमा पाइला टेकिसकेका छन् भने केही तयारीमा छन् ।

     ‘नाइँ नभन्नु ल–६’ बाट आशिर्वाद क्षेत्रीले डेब्यु गर्नुभयो । व्यावसायिक रुपमा उहाँको सुरुआत सफल नभए पनि सम्भावना बोकेको कलाकारको रुपमा हेरियो । 

    यही मङ्सिरको अन्तिम साता प्रदर्शन हुने चलचित्र ‘दुई कदम’बाट दुई नयाँ अनुहार इओन लिम्बू र सिमोन गिरीले अभिनयको सुरुआत गर्दै हुनुहुन्छ । 

    अभिनेता लिम्बू चलचित्रसम्बन्धी अध्ययन गराइने अस्कर इन्टरनेशनल कलेजमा ‘ब्याचलर इन सिनेमा स्टडिज’मा अन्तिम वर्षमा अध्ययनरत हुनुहुन्छ । उनले आफू सपनालाई साकार गर्न पाउँदा उत्साहित रहेको बताउनुभयो । “डर, उत्साह, खुसी एकैपटक महसुस गरिरहेको छु। 

    अध्ययनको क्रममा प्राप्त गरेको सिकाइलाई प्रयोग गरेको छु”, अभिनेता लिम्बूले भने, “पहिलो दिन नै गीतको छायाङ्कन भएकाले नर्भस थिएँ । सम्पूर्ण टिमले सहजता दिलाएपछि काम गरेँ । प्राप्त गरेको अवसरलाई पूर्ण रुपमा प्रयोग गर्ने कोसिस गरेको छु ।”

    उदय सुब्बाको निर्देशनमा तयार भएको चलचित्रमा अभिनेता लिम्बू र अभिनेत्री गिरीसँगै सुनिल थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा, गौरव पहारी, वुद्धि तामाङ लगायतका कलाकारले अभिनय गरेका छन् । 

    आगामी पुस २७ गते प्रदर्शन घोषणा गरिएको ‘पर्खी बसेँं तिमीलाई’ मार्फत अभिनयमा रक्षा बुढाथोकी र किरण श्रेष्ठले सुरुआत गर्दै हुनुहुन्छ । दीपक श्रेष्ठले निर्देशन गरेको चलचित्रमा युवापुस्ताको प्रेम र त्यसमा आउने उतारचढावलाई चित्रण गरिएको अभिनेत्री बुढाथोकीले  बताए ।

    “मैले चलचित्रमा रिमेक गरिएको कालो चस्मा बोलको गीतमा नृत्य गरेँ । बाल्यकालमा स्कुलमा धेरै पटक उक्त गीतमा प्रस्तुति दिएको थिएँ”, अभिनेत्री बुढाथोकीले भनिन्, “अभिनयमा रूचि हुनेलाई अहिले सहज भएको छ । हामीले आफ्नो सपनाको बारेमा खुलेर घरमा भन्न सकेका छौँ ।”

    नयाँपुस्ताले चलचित्रको भविष्य उज्वल हुने संकेतः

    पुसमै प्रदर्शन हुने चलचित्र ‘चित्रा’मार्फत सन्तोष अधिकारीले पनि अभिनय सुरू गर्नुभएको छ । नेपाली चलचित्रको अन्य विधामा सक्रिय रहेका अधिकारीले आफू सुहाउँदो भूमिका पाएकै कारण नयाँ यात्राको सुरुआत गरेको बताइन् । “मैले इभेन्ट गर्नुका साथै केही चलचित्रको निर्माण समेत गरेँ । 

    साङ्गीतिक श्रव्यदृश्यमा काम गरिसकेपछि मलाई चलचित्रमा प्रस्ताव आयो । सक्छु भन्ने लागेर अभिनय गरे”, अभिनेता अधिकारीले भनिन् ।

    निर्माण शैलीमा परिवर्तन आएसँगै चलचित्र भवनमा नयाँपुस्ता दर्शक बनेर छिरेझैँ चलचित्रमा पनि नयाँ पुस्ताको आकर्षण देखिन्छ । यसमा कोही पढेर आएका छन् त कोही परेर ।

    तर, जसरी आए पनि कामले प्रभावित गर्न सक्दा नेपाली चलचित्र क्षेत्र र नयाँ कलाकार दुवैको भविष्य उज्जवल रहेको निर्देशक पुर्नेन्दु झाले बताए ।

    “नयाँपुस्ताले चलचित्रको विभिन्न विधामा रुचि देखाउनु र अध्ययन गरेर आउनुले यस क्षेत्रको भविष्य उज्वल रहेको सङ्केत गर्छ । 

    उनीहरुको सक्रियताले नेपाली चलचित्र अझै परिवर्तन हुनेमा विश्वस्त छु । सफल र असफल जे हुँदा पनि निरन्तरता भने दिनुपर्छ”, निर्देशक झाले भने ।

    पहिलो निर्देशकीय चलचित्रमा अभिनेता सौगात मल्ल, निखिल उप्रेतीजस्ता स्थापित कलाकारसँग काम गरेका निर्देशक झाले तेस्रो चलचित्रमा नयाँ कलाकारलाई अनुबन्धित गर्ने बताए ।  उनले चलचित्रमा नयाँ अनुहारको आवश्यकता रहेको बताए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार