images
images

४ महिनामा निर्जीवन बीमा कम्पनीहरुको कुल व्यापार १२ अर्ब ७३ करोड माथि, कुनको कति ?

४ महिनामा निर्जीवन बीमा कम्पनीहरुको कुल व्यापार १२ अर्ब ७३ करोड माथि, कुनको कति ?

चार महिनामा निर्जीवन बीमा कम्पनीहरुले साढे १२ अर्ब भन्दा माथि कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

बिहिवार, मंसिर २१ २०८०
बिहिवार, मंसिर २१ २०८०
  • ४ महिनामा निर्जीवन बीमा कम्पनीहरुको कुल व्यापार १२ अर्ब ७३ करोड माथि, कुनको कति ?

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को चार महिनामा (साउनदेखि कात्तिकसम्ममा) निर्जीवन बीमा कम्पनीहरुले साढे १२ अर्ब भन्दा माथि कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । 

    images
    images

    नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सञ्चालनमा रहेको १४ निर्जीवन कम्पनीहरुले ८ लाख ८८ हजार ८७४ वटा बीमा पोलिसी बिक्री गरी कुल १२ अर्ब ७३ करोड ४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गर्न सफल भएका हुन् । 

    तथ्याङ्क अनुसार चालु आर्थिक बर्षमा निर्जीवन बिमा कम्पनीहरूको नाफा गत आर्थिक बर्ष २०७९/८० को सोहि अवधीको तुलनामा ४.७० प्रतिशतले घटेको छ । गत आर्थिक बर्षको चार महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरूले १३ अर्ब ३५ करोडमाथि बीमाशुल्क संकलन गरेका थिए । 

    तथ्याङ्क अनुसार सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीमध्ये ९ वटा कम्पनीको व्यवसाय गत वर्षको तुलनामा बढेको छ भने पाँच वटा ठूला निर्जीवन बीमा कम्पनीको व्यवसाय खस्किएको देखिएको छ । 

    कात्तिक मसान्तसम्म सबैभन्दा बढी प्रिमियम संकलन गर्ने कम्पनीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स छ । कम्पनीले १ अर्ब ६० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले अन्य कम्पनीको तुलनामा सबैभन्दा धेरै बीमा शुल्क आर्जन गरेको भएपनि कम्पनीको बीमा शुल्क आर्जन गत बर्षको तुलनामा ७.४५ प्रतिशतले घटेको छ । गत बर्ष यस कम्पनीले १ अर्ब ६० करोड ५३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । 

    यस्तै, दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ३३ करोड, शिखर इन्स्योरेन्सले १ अर्ब २७ करोड, हिमालयन एभरेष्टले १ अर्ब १३ करोड, आइजीआई प्रुडेन्सियलले १ अर्ब ९ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् । 

    यता, गत वर्षको तुलनामा सबैभन्दा बढी व्यवसाय बढाउनेमा प्रभु इन्स्योरेन्स अब्बल देखिएको छ । कम्पनीले गत वर्षको चार महिनामा ४८ करोड ९२ लाख रुपैयाँ मात्रै प्रिमियम उठाउँदा यस वर्षको सोही अवधिसम्म ४४.३२ प्रतिशतले बढाएर ७० करोड ६१ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । 

    त्यस्तै, अर्को हिमालयन एभरेष्ट इन्स्योरेन्सले पनि आफ्नो व्यवसायमा फड्को मारेको छ । गत वर्षको कात्तिक महिनामा ९० करोड ९६ लाख रुपैयाँ मात्रै प्रिमियम उठाएको कम्पनीले यस वर्षको सोही अवधिसम्म २४.६२ प्रतिशतले व्यापार बढाएर १ अर्ब १३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । 

    त्यस्तै, ओरियण्टल इन्स्योरेन्सले १७.२५ प्रतिशत, नेशनल इन्स्योरेन्सले १६.१७ प्रतिशत, एनएलजी इन्स्योरेन्सले ७.११ प्रतिशत, सानिमा जीआईसीले ४.९३ प्रतिशत, आइजीआई पुडेन्सियलले ४.१० प्रतिशत, नेकोले १.६२ प्रतिशत र शिखरले ०.२५ प्रतिशतले व्यवसाय बढाएको छ । 

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार