images
images

दुई कम्पनीले आइपीओ निष्काशन गर्न बोर्डमा दिए निवेदन, कम्पनी कुन–कुन ?

दुई कम्पनीले आइपीओ निष्काशन गर्न बोर्डमा दिए निवेदन, कम्पनी कुन–कुन ?

शुक्रवार, पुस २० २०८०
शुक्रवार, पुस २० २०८०
  • दुई कम्पनीले आइपीओ निष्काशन गर्न बोर्डमा दिए निवेदन, कम्पनी कुन–कुन ?

    काठमाडौँ / दुई कम्पनीले आइपीओ निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । बोर्डमा शौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेड र अन्नपूर्ण केबलकारले आइपीओ निष्काशन गर्नका लागि निवेदन दिएका हुन् ।

    images
    images

    शौर्य सिमेन्टले अंकित मूल्य १ सय रुपैयाँमा १६४ रुपैयाँ ५१ पैसा प्रिमियम थपेर प्रतिकित्ता २६४ रुपैयाँ ५१ पैसामा आइपीओ निष्काशन गर्न पुस १२ गते सेबोनमा निवेदन दिएको हो । 

    कम्पनीले १ करोड ५९ लाख ८१ हजार ५ सय कित्ता आइपीओ निष्काशन गर्न बोर्डमा निवेदन दिएको हो । कम्पनीको आइपीओ विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

    त्यस्तै अन्नपूर्ण केबलकारले अंकित मूल्य १ सय रुपैयाँमा ३१ लाख कित्ता आइपीओ निष्काशन गर्नका लागि पुस १६ गते बोर्डमा निवेदन दिएको हो । कम्पनकिो आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार